काठमाडौ – नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ५ हजार ६ सय रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँ पुगेकाे हो ।
त्यसैगरी चाँदीको भाउ पनि तोलामा ३७५ रुपैयाँ बढेको छ। याेसँगै चाँदीकाे मूल्य ५ हजार ४२५ रुपैयाँ पुगेको छ।
