प्रचण्ड आज भारत प्रस्थान, नयाँ दिल्लीमा ‘एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’मा सहभागी हुने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत प्रस्थान गर्दैछन्। नेपाली समाज भारतको आयोजनामा भारतको राष्ट्रिय राजधानी नयाँ दिल्लीमा आयोजना हुने “एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम” मा सहभागी हुन प्रचण्ड भारत जान लागेको उनको सचिवालयले जनाएको छ।

Workplace

तत्कालीन नेकपा (माओवादी केन्द्र) र तत्कालीन नेकपा (एकीकृत समाजवादी) बीच एकता सम्पन्न भएपछि प्रचण्डको यो पहिलो भारत भ्रमण हो। सोमबार नयाँ दिल्लीको लाजपत नगरस्थित लाजपत भवन अडिटोरियम मा आयोजना हुने उक्त कार्यक्रममा उनले नेपाली समुदायका साझा सरोकार, नेपाल–भारत सम्बन्धको मजबुती, प्रवासी नेपालीका समस्या र सम्भावना, साथै एकता र सहकार्यको महत्वबारे समसामयिक सन्देश दिने कार्यक्रम रहेको छ।

नेपाली समाज भारतका महासचिव आरबी खड्काका अनुसार कार्यक्रमको मुख्य उद्देश्य भारतमा बसोबास गर्दै आएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई एकताबद्ध गर्दै सामाजिक तथा राजनीतिक चेतनाको अभिवृद्धि गर्नु हो। जारी विज्ञप्तिमा प्रवासी नेपालीहरूको हक–हित, पहिचान र आपसी सहकार्यलाई सुदृढ बनाउँदै आएको सन्दर्भमा यो कार्यक्रम विशेष महत्वको रहेको उल्लेख गरिएको छ।

नेपाली समाज भारतले यस ऐतिहासिक अवसरमा सहभागी भई कार्यक्रमलाई भव्य र सफल बनाउन भारतमा रहनुहुने सम्पूर्ण नेपाली समुदायलाई हार्दिक आह्वान गरेको छ। कार्यक्रमलाई सम्बोधन गरेपछि प्रचण्ड सोमबार साँझ नै स्वदेश फर्किने कार्यक्रम रहेको बताइएको छ।निर्वाचनको पूर्वसन्ध्यामा प्रचण्डको नयाँ दिल्ली भ्रमणलाई राजनीतिक दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?