सिंहदरबारमा सरकार–प्रसाईं समूह वार्ता प्रारम्भ, आन्दोलनअघि सहकार्यको संकेत

काठमाडाैं । सरकार र नागरिक बचाउ अभियानका संयोजक एवं व्यवसायी दुर्गा प्रसाईंको समूहबीच सिंहदरबारमा वार्ता शुरु भएको छ ।

Workplace

बुधवार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा प्रसाईं समूहसँग सरकारी टोलीले औपचारिक छलफल गरेको हो । वार्तामा दुर्गा प्रसाईं स्वयं सहभागी नभई आफ्ना प्रतिनिधिहरूलाई पठाउनुभएको छ ।

- Advertisement -Workplace

प्रसाईं समूहको तर्फबाट संगठन विभाग प्रमुख तिजेन्द्रप्रसाद रायमझी, अभियानका प्रवक्ता माधवप्रसाद खतिवडा र सदस्य देवीप्रसाद संग्रौला लगायत सहभागी रहेका छन् ।

सरकारसँगको यो संवादलाई प्रसाईं पक्षले आन्दोलन अघि सकारात्मक पहलका रूपमा लिएको बताइएको छ । उनले मंसिर ७ गतेबाट देशव्यापी आन्दोलन गर्ने घोषणा गरिसकेका छन् ।

यसपटकको आन्दोलनका तयारीका क्रममा प्रसाईंले नेपाली काँग्रेस (विपी) पक्षसँग सहकार्य गर्दै अघि बढ्ने निर्णय गर्नुभएको छ । राजनीतिक सहकार्य र वार्ता प्रक्रियाले आगामी आन्दोलनको दिशा निर्धारण गर्ने दुर्गा प्रसाई समूहका केही व्यक्तिहरूले बताएका छन्।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अविजित पन्थी
लेखकको बारेमा

अविजित पन्थी

पन्थी नेपाल खोज खबरका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?