गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक जना भारतीय नागरिकको मृत्यु

समाचार सारांश
Auto Generated by AI
  • झापाको गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ।
  • गम्भीर घाइते भएका २४ वर्षीय रविकुमार यमिनीको उपचारका क्रममा अस्पतालमा निधन भयो।
  • केही दिनभित्रै झापामा भएको यो दोस्रो भारतीय नागरिकको सडक दुर्घटना मृत्यु हो।

काठमाडौं।झापा गाउँपालिका-४ गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ।

Workplace

शनिबार साँझ राजगढबाट झापा बजारतर्फ आइरहेको मोटरसाइकल सडक किनारमा राखिएको गोरुगाडामा ठोक्किँदा भारतको किशनगञ्ज, सिङ्घिमारी कर्हबरीका २४ वर्षीय रविकुमार यमिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन आवाले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएका थिए। छातीमा गम्भीर चोट लागेका उनको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारका क्रममा साँझ ७ः५० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

गत बिहीबार झापा गाउँपालिका-३ मा भएको मोटरसाइकल दुर्घटनामा पनि एक जना भारतीय युवकको मृत्यु भएको थियो।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?