रेडपाण्डा एकीकृत कृषि फर्ममा टिमुर खेती फस्टाउँदै

कर्णाली – मुगुको छायाँनाथ रारा नगरपालिका–३ दलित तुमामा रहेको रेडपाण्डा एकीकृत कृषि फर्मले सुरु गरेको टिमुर खेती क्रमशः फस्टाउँदै गएको छ। हिमाली भेगको हावापानीलाई ध्यानमा राखेर सञ्चालन गरिएको यो खेती करिब छ वर्षदेखि निरन्तर चल्दै आएको छ।

Workplace

छायाँनाथ नगरपालिका–१ का कृषक सन्चुरा मल्लका अनुसार टिमुर खेतीको शुरुवाती वर्ष निकै कठिन भएको थियो। उनले भने, “पहिलो वर्ष बोटबिरुवा जोगाउन धेरै समस्या आयो। साना बिरुवाको हेरचाह गर्न कठोर मेहनत लाग्थ्यो। तर तीन वर्षसम्म जोगाएर लगाइएका बिरुवाले चौथो वर्षदेखि राम्रो फल दिन थाले।”

- Advertisement -Workplace

भौगोलिक विकटता, माटोको फरकपन र कठोर मौसमका कारण सुरुमा लगाइएका १०० वटा टिमुरका बोटमध्ये ४८ वटा मात्र जोगिन सफल भएको मल्ल बताउँछन्। अहिले ती जोगिएका बोटहरू निकै स्वस्थ देखिएका छन्।

मल्लका अनुसार टिमुर खेतीमा गाईगोरुको स्थानीय मल अत्यावश्यक मानिन्छ। यस वर्ष उत्पादन करिब १ क्विन्टल पुगेको उनले जानकारी दिए।

बजार मूल्यको बारेमा उनले भने, “स्थानीय बजारमा प्रतिकेजी १२०० देखि १५०० रुपैयाँसम्म पर्छ। यस वर्ष पहिलोपटक काठमाडौँसम्म लैजाने तयारी गर्दैछु।”

मुगु जिल्लामा टिमुर खेतीका लागि सोरु गाउँपालिका बढी प्रसिद्ध मानिए पनि आफूले सदरमुकाम नजिकैको क्षेत्रमा पहिलोपटक सफल परीक्षण गरेको मल्लको भनाइ छ।

टिमुरका औषधीय र पाकप्रयोग सम्बन्धी विशेषताबारे बताउँदै मल्लले भने, “टिमुर दाँत दुख्दा उपयोगी हुन्छ, साथै स्वादिष्ट खानेकुरामा पनि धेरै प्रयोग हुन्छ। यस वर्ष सोचेभन्दा राम्रो उत्पादन भएपछि खेतीप्रति अझै आकर्षण बढेको छ।”

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?