अर्जुन थापा अर्घाखाँची — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतननारायण आचार्यले आन्दोलनको नाममा तोडफोड र आगजनीमा संलग्न जो–कोहीलाई कानूनी कारबाहीबाट बचाउन नहुने चेतावनी दिएका छन्। अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा सोमबार आयोजित नेकपा (एमाले)को विशाल जनसभामा बोल्दै उनले भने, “शान्तिपूर्ण आन्दोलन सबैको अधिकार हो, तर जनताको सम्पत्ति जलाउने, तोडफोड गर्ने कसैलाई पनि कानूनले छोड्दैन। ढिलाइ नगरी कानूनी कठघरामा उभ्याइनेछ।” उनले हालसालैको जेन–जी आन्दोलनका क्रममा भएका हिंसात्मक गतिविधि र आगजनीका घटनालाई संकेत गर्दै जनताको नाममा अराजकता मच्चाउनेहरूलाई कानूनी प्रक्रियाबाट पन्छिन नदिइने स्पष्ट पारेका थिए ।


सभामा एमाले पोलिटब्युरो सदस्य सूर्य थापाले संविधान, जनताको अधिकार र लोकतन्त्रको रक्षा सबैको साझा जिम्मेवारी भएको बताए। उनले भने, “संविधान जनताको पसिनाले बनेको हो, त्यसलाई बलियो बनाउने जिम्मा हामी सबैको हो। जनतालाई सशक्त नबनाई लोकतन्त्र बलियो हुँदैन।” उनका भनाइसँगै सभास्थलमा उत्साहजनक नारा गुन्जिन्थे, कार्यकर्ताहरूले “कानूनको शासन कायम गरौं, जनताको सम्पत्ति बचाऔं” भन्दै बजार गुञ्जाएका थिए।

उक्त सभामा अन्या नेताहरुले पनि कानुन र नियम सबैलाई बराबर लागने र यस्ता तोडफोड र आगजनीमा सहभागी अराजक तत्त्वलाई कडा कार्बाही गर्न प्रशासनलाई चेतावनी दिएका छन्। यदि कार्बाही नभए एमालेको धैर्यताको बाध फुटे यसको जिम्मेवारी लिनु प्रने पनि बताएका थिए।
नेपालको हालको राजनीतिक सन्दर्भमा हेर्दा जेन–जी आन्दोलनपछि एमालेले यसरी ठूलो संख्यामा नेता–कार्यकर्ता भेला गरेको यो पहिलो जिल्ला सभा अर्घाखाँची नै बनेको छ। केन्द्रदेखि प्रदेशसम्मका नेताहरूले यस सभाको उत्साहपूर्ण सहभागिता र अनुशासित भीडको प्रशंसा गरेका छन्। सामाजिक सञ्जालमा सभाका तस्बिर र भिडियोहरू प्रशस्त रूपमा शेयर हुँदै गर्दा नेताहरूले अर्घाखाँचीलाई “एमाले संगठन अझै जनस्तरमा सबल रहेको प्रमाण”का रूपमा टिप्पणी गरेका छन्। साथै उक्त भेकाले देशभरिका नेता कार्यकर्ता लाई हौसला मिल्ने समेत उल्लेख गरेका छ्न ।

स्थानीय कार्यकर्ताहरूका अनुसार अर्घाखाँचीमा एमालेको संगठन सधैं बलियो रहँदै आएको छ। यही जिल्लाबाट पटक–पटक सांसद बनेका नेता टोपबहादुर रायमाझी अहिले जेलमा रहे पनि उनका समर्थकहरूले उनलाई झुटो मुद्दामा फसाइएको बताउँदै न्यायको आशा व्यक्त गरेका छन्। उनीमाथिको मुद्दा छिट्टै छिनोफानो हुनेमा कार्यकर्ताहरू ढुक्क छन्। रायमाझीको नेतृत्वमा अर्घाखाँचीमा भएका विकासका काम अहिले पनि स्थानीयबासीबीच चर्चा हुने गर्छन्। उनले समग्र अर्घाखाँचीको विकासमा उनको निकै ठुलो योगदान भएको विपक्ष नेता कार्यकर्ताहरू पनि स्वीकार गर्छन् र उनको न्यायको लागि समेत आवाज उठाउदै आएका छ्न ।
सभामा देखिएको जनउपस्थिति र उत्साहले एमालेले पुनः सुदृढ संगठन निर्माणको अभियानलाई गति दिएको बुझिन्छ। मुख्यमन्त्री आचार्यले अन्त्यमा भने, “शान्ति, स्थिरता र विकासको बाटो एमालेले देखाएको हो। जनताको विश्वास जित्दै हामी देशव्यापी रूपमा अझै मजबुत भएर अघि बढ्नेछौं।” अर्घाखाँचीको यो जनसभाले एमालेभित्र नयाँ ऊर्जा र जनस्तरमा पुनः विश्वास जगाएको संकेत दिएको छ ।
तस्बिर सहित


