अर्घाखाँचीको चिदिकामा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, दुई गम्भीर घाइते

अर्घाखाँची –  अर्घाखाँचीको चिदीकामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

Workplace

मंगलबार साँझ करिब ५ः२० बजे छत्रदेव गाउँपालिका–१, सौरेखोलास्थित बलकोटमा भएको दुर्घटनामा पाणिनी गाउँपालिका–५, अर्घाखाँचीका २१ वर्षीय तारा बेल्बासे र गुल्मी छत्रकोट गाउँपालिका–६ का ३५ वर्षीय सुमन सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा तारा बेल्बासे र सुमन सुनार सवार मोटरसाइकल आपसमा ठोक्किँदा दुवैजनाको घटनास्थलमै गम्भीर चोटपटक लागी मृत्यु भएको जनाइएको हो।

त्यसैगरी, पछाडि सवार १८ वर्षीया दिपा बेल्बासे (अर्घाखाँची) र ४४ वर्षीय सुरज सुनार (गुल्मी) गम्भीर घाइते भएका छन्। घाइते दुवैजनालाई प्राथमिक उपचारपछि थप उपचारका लागि पाल्पा रिफर गरिएको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अविजित पन्थी
लेखकको बारेमा

अविजित पन्थी

पन्थी नेपाल खोज खबरका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?