चितवन , ७ माघ – चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा युवकलाई कुटपिट गर्ने प्रहरी निलम्बित भएका छन् ।

कुटपिट गर्ने प्रहरीलाई निलम्बन गरी थप कारबाही प्रक्रिया अघि बढाइएको हो ।कुटपिटमा संलग्न नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक ९असई० बुद्धिबहादुर घर्ती भुजेललाई सोमबार निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय, चितवनले जानकारी दिएको छ ।
सामाजिक संजाल मा भाइरल भिडियो मा देखन सकिन्छ ‘माथिको पावर देखाएको’ भन्दै चेकिङमा खटिएका प्रहरीले युवकलाई लात्तीले हानेर कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो तर उक्त भिडियो सामाजिक संजालमा व्यापक भाइरल भयो । त्यसपश्चात् प्रहरीले उनलाई कारबाहीका लागि छानबिन समिति बनाएको छ ।
असई भुजेलले गस्ती गर्ने क्रममा बसेनी चोकमा एक युवकमाथि निर्घात कुटपिट गरेको भिडिओ यतिबेला सामाजिक संजालमा यतिबेला खुब भाइरल भइ रहेको छ ।
