icon
निर्वाचन
२८ मंसिर २०८२, आइतबार
icon
निर्वाचन

इस्लामाबादमा आत्मघाती विस्फोट, १२ जनाको मृत्यु

कामठाडौं । पाकिस्तानको राजधानी इस्लामाबादस्थित जिल्ला अदालत बाहिर मंगलबार भएको आत्मघाती विस्फोटमा १२ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।

Workplace

गृहमन्त्री मोहसिन नक्वीका अनुसार विस्फोट न्यायिक परिसरको अगाडिबाटै एक आत्मघाती हमलाकारीले आफ्नै शरीरमा बाँधिएको विस्फोटक पदार्थ विस्फोट गराउँदा भएको हो।

घटनापछि प्रहरी र उद्धार टोली तत्कालै घटनास्थलमा पुगेका थिए। घाइते र शवहरूलाई पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (PIMS) मा सारिएको छ।

इस्लामाबाद प्रहरीको मिडिया शाखाका एक अधिकारीले केही घाइतेको अवस्था गम्भीर रहेकोले मृतकको संख्या अझ बढ्न सक्ने बताएका छन्। प्रारम्भिक अनुसन्धानअनुसार हमलाकारी न्यायिक परिसरभित्र प्रवेश गर्ने प्रयासमा थिए, तर कडा सुरक्षा जाँचका कारण भित्र पस्न नसकी बाहिरै प्रहरी गाडीमा आक्रमण गरेका थिए।

विस्फोटपछि आसपासका सवारी साधनमा आगलागी भएको थियो र केही भवनहरू पनि क्षतिग्रस्त भएका थिए। प्रहरीले घटनास्थलबाट आत्मघाती हमलाकारीका शरीरका टुक्रा बरामद गरेको जनाएको छ।

फोरेन्सिक टोलीहरूले आक्रमणकारीको पहिचान गर्ने प्रक्रिया सुरु गरेको छ भने जिल्ला प्रशासनले अदालत परिसर खाली गराएको छ। सुरक्षा निकायहरूले अहिले पनि आसपासका क्षेत्रमा खोजी अभियान सञ्चालन गरिरहेका छन्।

यस घटनाको जिम्मेवारी हालसम्म कुनै पनि समूहले लिएको छैन।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?