रूपन्देहीमा नक्कली प्रमाणपत्र प्रकरण : रास्वपाका बागमती प्रदेश नेता पक्राउ

बुटवल — रूपन्देही प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप एक जनालाई पक्राउ गरेको छ । यसअघि भैरहवाबाट भारतका एक युवक पक्राउ परेका थिए ।

Workplace

पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–५ पदमपुर निवासी ५० वर्षीय हरिप्रसाद कँडेल रहेका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश प्रशिक्षण विभागका प्रमुखसमेत हुन् ।

भारतको कानपुर निवासी २५ वर्षीय अभिषेक यादवले दिएको बयानका आधारमा प्रहरीले कँडेललाई बिहीबार राति चितवनबाट पक्राउ गरी रूपन्देही ल्याएको प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज कार्कीले जानकारी दिए । कँडेल कलेज कोर्ष नेपाल प्रालिका सञ्चालक पनि हुन् ।

यसअघि साउन ३० गते यादवलाई हजारौं नक्कली शैक्षिक प्रमाणपत्र, स्ट्याम्प, होलोग्राम र स्टीकरसहित पक्राउ गरिएको थियो । अनुसन्धानका क्रममा यादवले कँडेलको संलग्नता भएको स्वीकारेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार कँडेलले चितवनमा सञ्चालन गरेको शैक्षिक परामर्श केन्द्रमार्फत नक्कली प्रमाणपत्र बनाउने र कारोबार गर्दै आएको खुल्न आएको छ । उनी यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा शिक्षक हुन अयोग्य ठहरिएका थिए र त्यसपछि शिक्षण पेसा छोडेका थिए ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?