अर्घाखाँचीमा प्रहरी प्रमुखको पहल : प्रहरी कार्यालयमै जिम हल स्थापना

अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लको पहलमा प्रहरी कर्मचारीका लागि कार्यालय भित्रै जिम हल स्थापना गरिएको छ ।

Workplace

प्रहरी कर्मचारीको शारीरिक तन्दुरुस्ती र स्वास्थ्यलाई लक्षित गर्दै कार्यालयकै बजेट प्रयोग गरेर जिम हल सञ्चालनमा ल्याइएको हो । नियमित व्यायाम र तन्दुरुस्तीले मात्र प्रहरीलाई आफ्नो कर्तव्य निर्वाहमा सहज हुने विश्वासका साथ यो काम अघि बढाइएको डीएसपी मल्लले बताए ।

मल्लका अनुसार  शारीरिक रुपमा सक्षम भए मात्र मानसिक रुपमा पनि बलियो भएर प्रहरीले २४ घण्टा जनताको सेवामा खटिन सक्नेछन् ।

“प्रहरीले आफ्नै स्वास्थ्य र तन्दुरुस्तीमा ध्यान दियो भने जनता सुरक्षाको जिम्मा अझ आत्मविश्वासका साथ लिन सक्छन् ।”यो प्रहरीको लागि सकारात्मक पक्ष हो ।

यसअघि पनि डीएसपी मल्ल समुदायमै पुग्ने, विद्यालयमा सचेतना कार्यक्रम सञ्चालन गर्ने, सडक सुरक्षा र अपराध नियन्त्रणमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छ्न।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?