icon
निर्वाचन
२ माघ २०८२, शुक्रबार
icon
निर्वाचन

रुसमा ८.८ को शक्तिशाली भूकम्पपछि आएको सुनामीको त्रास : जापानमा २० लाख मानिसलाई घर छोड्न आदेश

रुसको सुदूर पूर्वी क्षेत्रमा ८.८ रिक्टर स्केलको शक्तिशाली भूकम्प आएको छ। उक्त भूकम्पपछि उत्पन्न भएको सुनामीको सम्भावनाका कारण जापान सरकारले २० लाखभन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा सार्न निर्देशन दिएको छ।

Workplace

भूकम्पको केन्द्रविन्दु कुरिल द्वीपसमूह नजिक समुद्रको सतहभन्दा केही गहिराइमा रहेको जनाइएको छ। भूकम्पको झट्का रूस, जापान र छिमेकी देशहरूमा पनि महसुस गरेका थिए ।

जापानको उत्तरपूर्वी तटीय क्षेत्रमा सुनामी चेतावनी जारी गरिएको छ। २० लाखभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा जान  भनिएको छ।

जापानी अधिकारीहरू पूर्ण सतर्क अवस्थामा रहेका छन् र सामुद्रिक गतिविधिमा प्रतिबन्ध लगाइएको छ।

रूसी क्षेत्रको अवस्था  हालसम्म मानवीय क्षति वा ठूलो क्षतिको विवरण आइसकेको छैन। तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सावधानी अपनाउन अनुरोध गरिएको छ।

सुनामीको सम्भावित प्रभाव  समुद्री छालहरू ३ देखि ५ मिटरको उचाइसम्म पुग्न सक्ने चेतावनी दिएका छ्न

बन्दरगाह, नदीनदीका मुख र तटीय क्षेत्रहरूमा विशेष सावधानी अपनाउन भनिएको छ। अधिकारिहरूले नागरिकहरूलाई अफवाहमा नपरी सरकारी जानकारीमा मात्रै भर पर्न र आवश्यक तयारीमा जुट्न अनुरोध गरेका छन्। राहत र उद्धार टोलीहरू तयारी अवस्थामा रहेको जनाइएको छ

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?