icon
निर्वाचन
२६ माघ २०८२, सोमबार
icon
निर्वाचन

प्रचण्डको आह्वान “दलाल पुँजीवादविरुद्ध क्रान्तिकारी शक्तिहरू एकजुट हुनुपर्छ”

काठमाडौं, ७ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा बढ्दो दलाल पुँजीवाद र आत्मसमर्पणवादी प्रवृत्तिविरुद्ध सबै क्रान्तिकारी शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकतामा जोड दिएका छन्।

Workplace

बुधबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित पुष्पलाल स्मृति दिवस विशेष विचार गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिलेको चुनौतीपूर्ण परिस्थितिमा भ्रम र निराशा फैलाउने प्रवृत्तिको प्रतिकार गर्दै जनतामा वर्गीय चेतना र आशा जागृत गर्नुपर्ने धारणा राखे।

“मिडिया र केही शक्तिबाट सर्वत्र भ्रम फैलाउने काम भइरहेको छ,” प्रचण्डले भने, “हामीले त्यो भ्रम तोड्न र जनतालाई संगठित गर्न वर्गीय आशा जगाउनै पर्छ।”

पुष्पलाल साझा केन्द्र सच्चा कम्युनिष्टहरूको एकताको आधार मानेक छ्न  प्रचण्डले नेपाली कम्युनिष्ट आन्दोलनका साझा व्यक्तित्वको रूपमा पुष्पलालको स्मरण गर्दै भने, “पुष्पलाल हामी सबैको साझा केन्द्र हुनुहुन्छ। उहाँलाई केन्द्रमा राखेर सच्चा कम्युनिष्टहरूले पार्टी एकता र मोर्चा निर्माण गर्नु आजको ऐतिहासिक आवश्यकता रहेको समेत बताएक हुन ।

उनले  आफूले पनि एक रुपैयाँ लेवी तिरेर पुष्पलाल समूहमार्फत नै पार्टी सदस्यता लिएको स्मरण गर्दै जनयुद्धका क्रममा पुष्पलालप्रति सम्मान रहने गरी दस्तावेजहरू लेखिएको जानकारी समेत दिएका थिए ।

“झापा आन्दोलनप्रति सम्मान प्रकट गर्दै र पुष्पलालमाथि लगाइएका आरोपको खण्डन गर्दै पनि मैले दस्तावेज तयार गर्ने अवसर पाएको थिएँ,” उनले थपे।

उक्त कार्यक्रममा  संविधानसभा र जनयुद्धको योगदान प्रचण्डले संविधानसभाको ऐतिहासिक पृष्ठभूमिबारे उल्लेख गर्दै भने, “नेपालमा संविधानसभा निर्वाचन सम्भव हुन नसकेको अवस्थामा माओवादी केन्द्रले जनयुद्ध सुरु गरी जनतालाई गोलबद्ध गर्दै  सेना गठन गरेपछि मात्र जनआन्दोलनको बलमा संविधानसभा सम्भव भएको समेत उल्लेख गरेका थिए ।

उनले माक्र्सवादी दृष्टिकोणमा आधारित बहसलाई स्मरण गर्दै भने, “संविधानका विषयमा युरोपमा बहस हुन्थ्यो तर माक्र्सले भनेका थिए— जनताको साथ र विद्रोह बिना त्यो कागजका खोस्टा मात्र हुन्।”

कम्युनिष्ट आन्दोलनमा तीन दशकभन्दा बढीको भूमिका रहेको  नेता प्रचण्डले आफूले ३६ वर्षभन्दा बढी समयदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै आएको भन्दै विद्रोह, शान्ति प्रक्रिया, पार्टी एकता र राजनीतिक रुपान्तरणमा नेतृत्व दिएको उल्लेख गरे।

“कहिले विद्रोह, कहिले शान्ति प्रक्रिया, कहिले पार्टी एकता— यी सबैमा मैले नेतृत्व गरें,” उनले दाबी गरे, “अहिले पनि म कम्युनिष्टहरूको एकताको झण्डा बोकेर हिँडिरहेको छु।”

अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनका सम्पूर्ण गतिविधिहरू पुष्पलालकै विचारको धरातलमा आधारित रहेको दाबी गरे। “हामीले गरेका माओवादी आन्दोलनका सम्पूर्ण काम कारबाही पुष्पलालकै विचारको विस्तार र व्याख्या थिए,” उनले भने।

उनले सबै कम्युनिष्ट शक्तिहरूलाई दलाल पुँजीवाद र आत्मसमर्पणवादी प्रवृत्तिको विरुद्ध एकजुट भएर अघि बढ्न आह्वान गरे। “क्रान्तिकारी कम्युनिष्टहरूको एकता आजको अपरिहार्यता रहेको सम्म उनले बताएका हुन।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?