आज मिति २०८२ मंसिर २१ गते आईतवार आजको राशीफल

🌼🌻🙏

Workplace

मेष : आस मारेको काम बन्नाले मन प्रशन्न हुनेछ । गोप्य रहस्य पत्ता लगाउन सकिने हुनाले तपाईँको बौद्धिकताको उच्च कदर हुनेछ । उद्योग र व्यापारबाट विशेष फाइदा हुने समय रहेको छ ।

बृष : सरकारी पदमा बसेर सेवा प्रबाह गर्नेहरुले समयमा तपाईँको काम नगरिदिदा महत्वपूर्ण अवसरबाट बञ्चित हुने पर्नेछ । यात्रा हुने भएपनि बाटामा दुख तथा शास्ति खेप्नु पर्ने हुन सक्छ ।

मिथुन : समय तथा परिस्थिती अनुशार नचल्नाले दुःख पाईनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछी परिने चिन्ताले सताउनेछ ।

कर्कट : खाद्यान्न तथा औषधिजन्य व्यवसायबाट प्रशस्त नाँफा कमाउन सकिनेछ । भौतिक साधनहरु जुट्नेछन् भने प्रविधिको प्रयोग गरि काम गर्न सकिनेछ । प्रेम सम्बन्धमा बिश्वासको वातावरण बढ्ने छ ।

सिंह : प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराई परिणाममूखि नतिजा निकाल्न सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा राम्रो प्रगती भएर जानेछ । मामा तथा मावलीबाट तपाईँको काममा सहयोग हुनेछ ।

कन्या : व्यापार व्यवसायमा आजको दिन लगानी गर्नको लागी केही समय पर्खदा राम्रो हुनेछ । अध्ययन तथा अध्यापनमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ।

तुला : आफन्त तथा आमासँग मनमुटाब सिर्जना हुनेछ भने महत्वकांक्षी सोचले मन अशान्त रहनेछ । परिस्थिती बस दैनिक कामहरु स्थगित गर्नुपर्ने हुन सक्छ । तरपनि कृषि तथा पशुपालन व्यवसायमाबाट लाभ लिन सकिनेछ ।

बृश्चिक : आफन्त तथा दाजुभाईबाट विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने माया प्रेममा नजिक हुन सकिनेछ । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने सकिनेछ ।

धनु : रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा साथिभाईका साथमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ ।

मकर : समय राम्रो रहेकोले हाँसखेल तथा पारिवारिक माहोलामा दिन व्यातित हुनेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाईनेछ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक पक्ष सुदृढ हुनेछ ।

कुम्भ : सामान्य वादविवाद तथा झैझगडामा फस्ने योग रहेको छ, ध्यान दिनुहोला । मुद्दामामिला तथा दैनिक काममा चुनौतिको सामना गर्नुपर्नेछ । स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्ने योग रहेको छ ।

मीन : आम्दानिका स्रोत पहिल्याउन सकिनेछ भने आयस्रोतका बाटाहरु फराकिला हुनेछन् । पैत्रिक सम्पतिको परिचालन गरी मनग्गे रुपैया पैसा कमाउन सकिनेछ । पढाइको लगावले वौद्धिक क्षेत्र फराकिलो हुनेछ

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?