icon
निर्वाचन
२ माघ २०८२, शुक्रबार
icon
निर्वाचन

ईदको अवसरमा युएई सरकारले   १२० जना नेपालीलाई आममाफी दिने भएको छ

काठमाडौं, १ साउन – इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व ईद अल-अदाह (बकर ईद) को अवसरमा संयुक्त अरब इमिरेट्स (युएई) सरकारले युएईका विभिन्न जेलमा कैद सजाय भोगिरहेका १२० जना नेपाली नागरिकलाई आममाफी दिएको छ।

Workplace

नेपाली राजदूतावास, अबुधाबीले एक विज्ञप्ति जारी गर्दै युएई सरकारप्रति आभार व्यक्त गर्दै आममाफी पाएका नेपालीहरूलाई बाँकी सजाय मिनाहा गरी रिहा गरिएको जानकारी दिएको छ। दूतावासले अबको प्रक्रिया अन्तर्गत उनीहरूको आवश्यक कागजी प्रक्रिया मिलाएर नेपाल फर्काउने तयारी भइरहेको जनाएको छ।

वैदेशिक रोजगारी र कैद नेपाल सरकारको वैदेशिक रोजगार विभागका अनुसार हाल करिब ६ लाखभन्दा बढी नेपाली श्रमिक युएईमा वैधानिक रूपमा रोजगारीमा कार्यरत छन्।
तर, केही श्रमिकले कानुनी अज्ञानता, भाषा समस्या, काम सम्बन्धी विवाद वा अपराधिक गतिविधिमा संलग्नताका कारण कैद सजाय भोग्नुपर्ने अवस्था आइपरेको देखिन्छ।

युएईस्थित नेपाली दूतावासका अनुसार हाल पनि दर्जनौं नेपाली विभिन्न आपराधिक अभियोगमा सजाय काटिरहेका छन्, जसमा सवारी दुर्घटना, आवागमन नियम उल्लंघन, अवैध बसोबास, चोरी र व्यक्तिगत झगडा सम्बन्धी मुद्दाहरू प्रमुख रहेका छ्न ।

राजदूतावासको पहल दूतावासले कैदी नेपालीहरूको कानुनी सहायता, कन्सुलर सेवाहरू, अभिभावकसँग समन्वय, मानव अधिकार सुनिश्चित गर्न पहल गर्दै आएको जनाएको छ। यस्तै पर्व विशेषमा युएई सरकारले दिँदै आएको आममाफी कार्यक्रमअन्तर्गत यसपालि सबैभन्दा धेरै नेपाली लाभान्वित भएको दूतावासले जनाएको छ ।

ईदको अवसरमा युएई सरकारबाट १२० जना नेपालीलाई दिइएको आममाफीले कैद मुक्त हुने र पुनः घर फर्किने एक सुनौलो  मौका दिएको   छ। यसले नेपाल–युएई दुबै देशको  सम्बन्ध  लाई केही न कहि सकारात्मक बनाउने मात्र होइन, कैदमा रहेका नेपालीको न्यायप्राप्ति प्रक्रियामा पनि सघाउ पुगेको देखन सकिन्छ  ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?