icon
निर्वाचन
२८ मंसिर २०८२, आइतबार
icon
निर्वाचन

आज मिति २०८२ असार ३२ गते बुधबार आजको राशीफल

 

Workplace

मेष : दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। साथीले सहयोग गर्नेछन्। आम्दानीका क्षेत्र विस्तार हुनेछन्। व्यापारमा नाफा हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : सोचेको काम बन्नेछ। व्यापारमा नाफा कमाउने योग छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। लगानीको अवसर प्राप्त भए अगाडि बढेमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

मिथुन : दिन खराब छ। शिक्षाको क्षेत्रमा घाटा हुनेछ। राज्यको निगरानीमा रहने जोखिम छ। राम्रो काम गरे पनि तपाईंमाथि झुटा आरोप लाग्नेछ। परिवारबाटसमेत असहयोग हुने खतरा छ।

कर्कट : मन अशान्त बन्नेछ। सामान्य घर व्यवहारमासमेत तनाव बढ्नेछ। परिवारमा झन्झट आइपर्ने खतरा छ। साथीभाइसँग गरेको कारोबार डुब्ने जोखिम छ। घर व्यवहार र प्रेम सम्बन्धमा खटपटी बढ्नेछ।

सिंह : दिन सामान्य छ। संयुक्त लगानीबाट फाइदा हुनेछ। परिवारको साथमा घुम्ने अवसर मिल्नेछ। यात्रा गर्दा सचेत बन्नुपर्ने दिन छ। संयुक्त लगानीबाट मात्र फाइदा हुने भएकाले व्यापारमा सहकार्य आवश्यक देखिन्छ।

कन्या : दिन राम्रो छ। फसेको सम्पत्ति प्राप्त हुनेछ। सहकर्मीको साथ मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। संकटमा सहयोग गर्ने व्यक्ति फेला पर्नेछन्। प्रेम सम्बन्ध नयाँ उचाइमा पुग्नेछ।

तुला : दिन सामान्य छ। जुनसुकै क्षेत्रमा ठुलो मिहिनेत गर्नुपर्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृश्चिक : आज दिन खराब छ। मन अशान्त बन्नेछ। तपाईंको योजना असफल बन्नेछ। सोचेका काम सबै अधुरै रहनेछन्। शिक्षाको क्षेत्रमा भने मिहिनेतको फल प्राप्त हुनेछ। परिवारमा मेलमिलाप हुनेछ।

धनु : दैनिकी सामान्य छ। परिवारसँगको सम्बन्धमा खटपटी बढ्नेछ। व्यापारमा ठुलो लगानी नगर्नु उचित हुनेछ। स्वास्थ्य उपचारमा भए सामान्य सुधार देखिने छ। संकटमा साथीले साथ दिनेछन्।

मकर : दिन राम्रो छ। व्यापारमा नाफा हुने योग छ। एकल भन्दा संयुक्त लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कुम्भ : आजको लागि तपाईंको दिन खराब छ। व्यापारमा घाटा हुनेछ। धार्मिक क्षेत्रमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ। आफूभन्दा ठुला व्यक्तिसँगको भेटले मनमा शान्त बन्नेछ।

मीन : दिन सामान्य छ। आम्दानी भन्दा खर्च बढ्ने छ। बोल्दा सचेत बन्नु उचित हुनेछ। संकटमा परिवारले साथ दिनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। नियमित काम भन्दा अरु नयाँ कामको सुरुवात नगर्नु उचित हुन्छ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?