
काठमाडौं, माघ ११ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। नयाँ दरअनुसार अमेरिकी डलरसहित साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार, र ओमनी रियालको मूल्यमा वृद्धि भएको छ। यता, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, चिनियाँ युआन, थाई भाट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, र डेनिस क्रोनरको मूल्यमा गिरावट आएको छ।
अमेरिकी डलर महँगियो
आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ०४ पैसा र बिक्रीदर १३८ रूपैयाँ ६४ पैसा तोकिएको छ। यसले अमेरिकी डलरको मूल्यमा पुनः वृद्धि भएको देखिन्छ।
युरो र पाउन्ड सस्तो
युरोपियन युरो एकको खरिददर १४३ रूपैयाँ ७३ पैसा र बिक्रीदर १४४ रूपैयाँ ३६ पैसा कायम गरिएको छ। युके पाउन्ड स्ट्रलिङको खरिददर १७० रूपैयाँ १५ पैसा र बिक्रीदर १७० रूपैयाँ ८९ पैसा रहेको छ, जुन अघिल्लो दिनको तुलनामा सस्तो भएको हो।
अन्य प्रमुख मुद्राको दर
जापानी येन १० को खरिददर ८ रूपैयाँ ८२ पैसा र बिक्रीदर ८ रूपैयाँ ८६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ९४ पैसा र बिक्रीदर १९ रूपैयाँ ०२ पैसा कायम छ। साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८० पैसा र बिक्रीदर ३६ रूपैयाँ ९६ पैसा, जबकि कुवेती दिनार एकको खरिददर ४४७ रूपैयाँ ८३ पैसा र बिक्रीदर ४४९ रूपैयाँ ७८ पैसा रहेको छ।
भारतीय रूपैयाँ स्थिर
भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा निर्धारण गरिएको छ।
