icon
निर्वाचन
९ माघ २०८२, शुक्रबार
icon
निर्वाचन

रिसोर्टबाट अनलाइन सट्टेबाजी सञ्चालन गर्ने ६ जना पक्राउ

काभ्रेपलाञ्चोक — काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–७ मा रहेको Naldum Village Resort and Green Peace Restaurant बाट अनलाइन सट्टेबाजी (जुवा) सञ्चालन गरिरहेको अवस्थामा प्रहरीले छापा मारेर ६ जनालाई पक्राउ गरेको छ।

Workplace

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले निगरानी बढाउँदै दिउँसो करिब २:३० बजे सो रिसोर्टमा छापा मारेको थियो। प्रहरीको टोलीले अनलाइन सट्टेबाजी खेलिरहेको अवस्थामा ६ जनालाई मोबाइल, ल्यापटपलगायतका उपकरणसहित नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरू: १. लिजा नकर्मी – भक्तपुर नगरपालिका–८, उमेर २९ वर्ष
२. सन्देश कुँवर – भक्तपुर नगरपालिका–४, उमेर २८ वर्ष
३. रोशन प्रसाईं – भक्तपुर नगरपालिका–४, उमेर २८ वर्ष
४. एलिस कुँवर – मण्डनदेउपुर नगरपालिका–७, उमेर २६ वर्ष
५. रोशन महर्जन – काठमाडौं महानगरपालिका–९५, उमेर ३१ वर्ष
६. एक जना अन्य – जसको परिचय खुलाइएको छैन

बरामद सामग्री: – मोबाइल फोन १८ थान
– ल्यापटप, पावर बैंक र अन्य डिजिटल उपकरणहरू

घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी निमबहादुर क्षेत्रीले नेपाल खोज खबर लाई जानकारी दिएका छन्।

प्रहरीका अनुसार पक्राउ परेकाहरूविरुद्ध विद्यमान कानूनअनुसार जुवा तथा सट्टेबाजी सम्बन्धी अभियोगमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?