अर्घाखाँची – क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय वैकल्पिक पाेलिटव्युराे सदस्य नरेन्द्र थापाले लोकतान्त्रिक गणतन्त्रले नेपालमा विद्यमान समस्याको समाधान गर्न सक्दैन भन्ने कुरा गत दुई दशकका घटनाक्रमले राम्रोसँग पुष्टि गरिसकेको बताउनु भएको छ।

अर्घाखाँचीकाे सन्धिखर्ककाे बाङ्गलामा आयोजना गरेको जनसम्वन्ध विस्तार कार्यक्रममा मन्तब्य राख्दै नेता थापाले यस्तो बताउनु भएको हाे नेता थापाले लोकतान्त्रिक गणतन्त्रको विकल्प जनगणतन्त्र भएको र राजतन्त्र हुन नसक्ने बताउदै आफ्नो पार्टी जनगणतन्त्र स्थापना गर्न निरन्तर सघर्षमा रहेको बताएका हुन ।
उक्त कार्यक्रममा नेता थापाले नयाँ जनवादी क्रान्तिबाट मात्र जनगणतन्त्र स्थापना गर्न सकिने हुदा वर्तमान सत्तासिन र प्रतिपक्ष प्रतिकृयावादी र दक्षिणपन्थि पार्टीवाट समस्या समाधान नहुने भएकाले क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गर्नु आजको प्रमुख आबश्यकता रहेको बताए पार्टी जनताका पक्षमा उल्लेखनीय र रचनात्मक काम गदै आएको जिल्ला सयाेजक राजेन्द्र नेपाली बताए ।
नेपालीका अनुसार क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति अर्घाखाँचीले जनसम्बन्ध बिस्तार अभियान चैत्र ४गते उद्घाटन गरी पत्रकार सम्मेलनमार्फत बैशाख १८ गते सम्म जिल्लाका ६वटै पालिकामा गर्ने कार्यक्रम घोषणा गरेको थियोे जनसम्बन्ध बिस्तार अभियान अन्तर्गत चैत्र १३ गते सन्धिखर्क नगरपालिका वाड न १ को रतहले बजारमा पर्चा वितरण क्रान्तिकारी सयुक्तमोर्चा नेपालको सदस्यता वितरण गरी कोणसभा सम्पन्न गरिएकाेरिएकाे सयाेजक नेपालीको भनाइ छ।
