icon
निर्वाचन
९ माघ २०८२, शुक्रबार
icon
निर्वाचन

हराउँदैछ युवाहरुमा राष्ट्रियता।

बाबु रोका मगर 

Workplace

लुम्बिनी – नेपालीहरुको बिदेशी मोहले देश पछाडी खस्किदै छ देश रित्तो हुनेगरी युवाहरु छिमेकी देश भारत लगायत  तेस्रो मुलुक सम्म महँगो परिश्रम सस्तो मुल्यमा बेचिरहेका छौ |

किन यति निर्दयी बन्दै गएका छौ हामीहरु आफ्नै देश जन्मभूमिलाई अन्धाकारमा धकलेर पराइ मुलुकहरुलाई हराभरा उज्यालो बनाइ दिएका छौ लाखौ खर्चेर ? के कमि रहयो हामी भित्र? के पैसा नै हाम्रो लागि सबै थोक हो र ?

केहि दशक अघि नेपाली युवाहरु भित्र देश प्रति आस्था निकै देखिन्थ्यो जसको कारण देशमा यसरी परिवर्तन लिएका थिए  राणा साशन हटाएर बहुदलिय ब्यबस्था लिए राजशाही हटाएर लोकतन्त्र गणतंत्र लिए तर आज परिवर्तित समय संगै परिवर्तन आजका युवाहरुमा राष्ट्रियताको कमीले देशमा शंकट जन्मिएको छ नेपाली युवाहरुमा राष्ट्रियता हराउदै गएको छ सबै युवाहरुमा अरब पुगेर खरब कमाउने लहर चलेको छ आफ्नो खेत बारी खोरिया बाँझै छोडेर देशमा बगाउने पसिना खाडि मुलुक जापान कोरिया मा बगाउछन | फेसबुकका भित्ताहरुमा आफुलाई राष्ट्रप्रेमी देशप्रेमी ठान्नेहरु राष्ट्रियता र आफ्नो राष्ट्र प्रतिको आस्था यो मनोभावनाले मात्रै परिभाषित गर्ने कुरा होइन यो त केवल कर्मले गरेर देखाउन सक्नु पर्छ |

कुनै सभा, र्याली र कोठे कार्यक्रम आदि इत्यादिमा राष्ट्रिय झण्डा बोकेर हिड्दैमा मात्रै राष्ट्रियता हुदैन बरु मन मुटुमा देशलाई राखेर राष्ट्र निर्माणमा जुट्नु राष्ट्रियता हो जसका निम्ति हरेक युवा युवतीहरुको मन मस्तिष्क भित्र देशभक्ति भावना जन्मनु पर्छ भने ति युवायुवती हरुको पाखुरिहरुमा दम यानी ताकत हुनु पर्छ |

एकातिर राजनीति खोल ओढेका देशका दलालहरु हरेक युवाहहरुलाई एक अर्को संग काटामार गर्न लगाएका छन् भने कयौ युवा युवतीहरुलाई विदेशको लालचमा फसाएर आफुहरु मोज गर्दै राज गरेका छन् राष्ट्रवादी नेताहरुले देशका युवाहरुलाई फ़ुटाएर होइन जुटाएर देश बिकाशको निर्माणमा जुटाउन सक्नु पर्छ | लाखौ को संख्यामा अमेरिका र कोरियाको लागि फार्म भरेर ति देशहरुमा अमुल्य रगत पसिना बगाउन जान तयार छन् तर आफ्नै देशमा ढलेको सिन्को ठाडो पार्न हिच्किचाउछन | त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलबाट हरेक दिन हजारौको संख्यामा बिदेश पस्ने युवाहरु मध्ये ५० % युवाहरुले मात्रै भएपनि सच्चा कर्म र निष्ठाले आफ्नै देशमा पसिना बगाएमा अमेरिका,जापान,कोरिया जस्ता अन्य बिदेशी मानिसहरु हाम्रो देशमा विजा लगाएर आउने छन् |

यदि आफुलाई सच्चा नेपाली ठान्छौ भने हामि आजको फाइदा नहेरौ भविष्यको चिन्तन गरौ आऊ युवाहरु देश निर्माणमा जुटौ | हामी युवाहरुले चाहेमा जे पनि गर्न सकिन्छ फलाम घोटेर रुख ढाल्ने बन्चरो शत्रु मास्ने खुकुरी बनाउन सकिन्छ भने हाम्रो जस्तो अबिकसित देशलाई बिकसित बनाउन कुनै ठुलो समस्याको कुरो होइन | जापान, कोरिया, अमेरिका, साउदी अरब पुगेर खरब कमाउने सपनालाई हटाएर देश निर्माणमा लाग्यौ भने हाम्रा सन्ततिहरुले छाती खोलेर भन्न पाउनेछन र गर्व गर्नेछन हामी वीर नेपाली भनेर |

अब राष्ट्र निर्माणको जिम्मेवारी युवाहरुलाई नै सुम्पिनु पर्छ युवा जनशक्तिलाई स्वदेसमा नै राख्न सक्ने वातावरण मिलाउन सरकारले सक्नु पर्छ होइन भने हाम्रो देश नेपाल एकादेशको कथामा सिमित रहने छ |
जय नेपाल जय देशभक्त युवा

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?