काठमाडौ – नेपाल विद्युत प्राधिकरणका सहायक प्रबन्धक ध्रुव कुमार उप्रेती भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि फरार रहेका अवस्थामा प्रहरीले काठमाडौं महानगरपालिका–१६, बनस्थलीबाट पक्राउ गरेको छ।

चितवन, खैरहनी गा.वि.स–८, जमौली स्थायी घर भएका ६५ वर्षीय उप्रेती हाल काठमाडौं, महानगरपालिका–१६, बनस्थलीमा बस्दै आएका थिए। उनलाई रु. २ करोड ५५ लाख १६ हजार ४८३ गैरकानुनी रूपमा आर्जन गरेको ठहर गर्दै सर्वोच्च अदालतले ६ महिनाको कैद र उक्त रकम बराबरको जरिवाना तोकेको थियो।
तर, सजाय भुक्तान नगरी फरार रहेका उप्रेतीलाई प्रहरी टोलीले खोजी गर्दै अन्ततः २०८१ चैत्र १० गते काठमाडौं महानगरपालिका–१६, बनस्थलीबाट पक्राउ गरेको हो। उनलाई कानुनी प्रक्रियाअनुसार काठमाडौं जिल्ला अदालतमा पेश गरी अदालतको आदेशअनुसार डिल्लीबजार कारागार चलान गरिएको प्रहरी उपरीक्षक सुधिर राज शाहिले नेपाल खोजखबर लाई जानकारी दिएका छ्न ।
