आज मिति २०८१ चैत ५ गते मंगलबार आजको राशीफल

 

Workplace

मेष : दिन राम्रो छ। गुम्न लागेको धन प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुने दिन छ। साथीले सहयोग गर्ने छन्। व्यापारमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

- Advertisement -Workplace

वृष : तीन पटक सोचेर बोल्नुपर्ने समय छ। परिवारसँगको सम्बन्ध सुखमय बन्नेछ। व्यापारमा घाटा हुने भएकाले आज लगानी नगर्नु उचित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मिथुन : बोल्दा सचेत बन्नुपर्ने समय छ। सामान्य कुरा भनेको जस्तो लागे पनि त्यो विष बन्ने जोखिम रहेको छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। राज्यको तर्फबाट सेवाको अवसर प्राप्त हुनेछ।

कर्कट : विपक्षीसँग जुनसुकै काममा पनि कडा प्रतिवाद गर्नुपर्ने समय आएको छ। सोचेको काम नबन्दा मन अशान्त बन्नसक्छ। परिवारमा झन्झट आइपर्ने जोखिम छ। साथीभाइसँगको कारोबारमा फाइदा हुनेछ।

सिंह : महत्त्वपूर्ण काम गर्न लाग्दै गर्दा अवरोध सिर्जना हुनेछ। सानो कुराले मन अशान्त बन्ने जोखि छ। एकल भन्दा संयुक्त लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : साथीभाइ र बन्धुसँगको सहकार्यबाट फाइदा हुनेछ। लगानी गर्नुपर्ने भए बन्धुसँग सहकार्य गर्नु उचित हुने दिन छ। साथीको साथले डुब्न लागेको धन प्राप्त हुनेछ। समझदार भएर अगाडि बढेमा सोचेको काम बन्नेछ।

तुला : धेरै मानिसले आज तपाईंको प्रशंसा गर्नेछन्। क्षमताको प्रदर्शन गर्ने दिन छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुने योग छ। घरभित्रबाट भन्दा बाहिरका शुभचिन्तको साथ मिल्नेछ।

वृश्चिक : निर्णय क्षमता बढ्नेछ। तपाईंले सोचेको काम बन्ने योग छ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। परिवारमा मेलमिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

धनु : आज तपाईंको सञ्चित धन खर्च हुने दिन छ। परिवारसँगको सम्बन्धमा खटपटी बढ्ने जोखम छ। संयुक्त लगानीबाट गरेको व्यापारबाट भने फाइदा हुनेछ। प्रेम सम्बन्धमा तनाव बढ्ने खतरा छ।

मकर : धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ। बिहान उठेर पिपलको दर्शन मात्र गरेमा दिन सहज बन्नेछ। आज ठुलो लगानी नगर्नु राम्रो हुन्छ। प्रेम सम्बन्ध भने सहज बन्नेछ।

कुम्भ : आज तपाईं ठुलो काममा अगाडि नबढ्नु उचित हुनेछ र अग्रजको सुझाव लिएर मात्र कामको सुरुवात गरेमा सफलता मिल्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

मीन : आज प्राविधिक विषयमा सफलता मिल्नेछ। जुनसुकै काम गरे पनि प्राविधिक क्षेत्रमा मिहिनेत गर्नुपर्ने समय छ। संकटमा साथीको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?