काठमाडौं – चैत्र १५ गते दुर्गा प्रसाइले आन्दोलनको घोषण गरेका छ्न बैंक, सहकारी तथा लघुवित्त पीडितहरू, बेरोजगार युवा, भूमिहीन किसान, उत्पीडित समुदाय, माओवादी युद्धका घाइते तथा पीडित परिवारहरू लगायत सम्पूर्ण नागरिक अब निर्णायक संघर्षका लागि तयार रहनुपर्ने बेला आएको छ भन्दै व्यवसाय गर्न खोज्दा बैंकको कालोसूचीमा परेका नेपाली उद्यमी, विदेश जान खोज्दा दलालको फन्दामा परेका युवा, सहकारी घोटालामा बचत गुमाएका सर्वसाधारण, सामाजिक अन्यायमा परेका नागरिकहरूलाई एकताबद्ध हुन दुर्गा प्रसाईंले आह्वान गरेका छन्।

काठमाडौं, ललितपुर र भक्तपुरका अभियन्ताहरूलाई उपत्यका नछोड्न आग्रह गर्दै उनले देशभरका नागरिकलाई आन्दोलनको तयारीमा जुट्न आह्वान गरेका छन्। “यो व्यवस्थाले नागरिकलाई आर्थिक शोषण र अन्यायको दलदलमा फसाएको छ। अब यो चुपचाप सहने अवस्था रहेन। देशभक्त शक्तिहरू जाग्नुपर्ने समय आएको छ,” प्रसाईंले सामाजिक संजालमा उल्लेख गरेका छ्न
उनले विशेषगरी सर्वहारा, भुइँमान्छे, गरिब, दलित, सिमान्तकृत समुदाय, युद्धपीडित, सहिद परिवार, अपांग तथा भूमिहीन किसानहरूलाई अग्रमोर्चामा उभिन आह्वान गरेका छन्। आन्दोलनको मोडेलबारे छिट्टै छलफल गरेर विस्तृत योजना सार्वजनिक गरिने जानकारी समेत दिइएको छ्न।
“अब लड्नुछ देश बेचुवासँग, बचाउनुछ हाम्रो गौरवशाली राष्ट्र। अब राष्ट्रभक्तीको शक्ति देखाउने समय आएको छ,” प्रसाईंले भनेका छन्। राजधानी केन्द्रित हुने यस निर्णायक आन्दोलनको तयारी तीव्र बनाइएको छ, जसमा देशभरका नागरिकको ऐक्यबद्धता रहने अपेक्षा रहेको दुर्गा पप्रसाईंले बताएका छ्न।
