जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले अपराध नियन्त्रणमा सफल भएको दाबी

अनिल नेपाली

Workplace

अर्घाखाँची – जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले अपराध नियन्त्रणमा सफल भएको दाबी गरेको छ। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रहरी नायब उपरीक्षक चक्रवहादुर मल्लले अर्घाखाँचीका नागरिकलाई शान्ति सुरक्षा प्रत्याभूत दिलाउने आफ्नो पहिलो प्राथमिकता भएकोले सोही अनुसार काम गरिरहेको बताए । उनले जनताको गुनासो सुन्न र शान्ति सुरक्षाको अवस्था बुझ्नका लागि प्रहरीले गरिरहेका नियमित कामहरु कस्ता छन् ? भन्ने जनताको राय सुझाव लिन प्रहरीले जनतासँग नागरिक सुनुवाइ कार्यक्रम सुरु गरिए‌को बताए।

- Advertisement -Workplace

उनले जनता र प्रहरीको समन्वयमा जिल्लामा हुने आपराधिक घटनालाई न्यूनीकरण गर्दै गएको बताए। मल्लले भने, ‘कहिकतै हामिवाट कमी कमजोरी भए जनताबाट सुझावको अपेक्षा गर्यो। जनताको सकारात्मक सहयोगको प्रहरीले अपेक्षा गरेको छ। अर्घाखाँचीमा हुने विभिन्न प्रकारका जुवातास, लागुऔषध, चौरी, तस्करी, आत्महत्या जस्ता गतिविधिलाई न्यूनीकरण गर्न प्रहरीले प्रयास गरिरहेकाले नागरिकले सहयोग गरेमा समाजमा हुने अपराध नियन्त्रण गर्न प्रहरीलाई सहयोग पुग्ने उनले बताए।

प्रहरी नायव उपरीक्षक मल्लले जनतासँग रामाे सम्बन्ध राख्न प्रहरीमैत्री भएर काम गर्ने संकल्प व्यक्त गरे। उनले जिल्ला प्रहरी प्रमुखको हैसियतमा यस क्षेत्रको अपराध अनुसन्धानलाई पारदर्शी बनाउने, प्रत्येक प्रहरी पुनिटाहरुमा आर्थिक पारदर्शीता कायम गराउने,मानव अधिकारको पूर्ण पालना गर्ने, गराउने विपद् व्यवस्थापनमा प्रहरीको भूमिकालाई उच्य बनाउने, सीमासँग जोडिएर हुने गरेका तस्करी र अन्य अपराधका घटनालाई न्यूनीकरण एवं नियन्त्रण गर्ने जस्ता महत्वपूर्ण काम प्रहरीले गरियोको दाबी गरे।

पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले गरेको फागुन १ देखि चैत १ गते सम्मको प्रगतिका बारेमा जानकारी दिएका थिए। मल्लका अनुसार फागुन महिनामा फरार प्रतिवादी ७ जना पक्राउ गरी कारागार चलान गरिएको छ । जसमा कैद अपचलनमा ६ बर्ष २ महिना १५ दिन रहेको छ भने २५ हजार जरिवाना गरिएको छ जसमा ५ बर्ष भन्दा माथि १ जना अरू कम ६ जना रहेको जनाएको छ र अपाङ्ग लाई जबर्जस्ती करणी गरेको आराेपमा जिल्लाकाे सन्धिखर्क नगरपालिका वडा न १२ का वर्ष ६३ का गाेपाल बस्याल र भारती पैसा सहित एक जना लाई पक्राउ गरि अनुसन्धान प्रत्रिया अगाडि बढाईएकाे प्रहरीले प्रतिवेदनमा उल्लेख छ।

प्रहरी फागुन महिनामा २६५ प्रहरी साझेदारी कार्यक्रम ५२६० जना लाभान्वित भएको पनि प्रहरीले उल्लेख्य गरेकोे छ प्रहरीले ट्राफिक प्रहरीले ३२७ वटा सवारी कार्यबाही गर्दा ५ लाख ३७ हजार राजस्व सकलन गरेको छ भने अबैध भैसि ९ बटा बाट १५००० बाख्रा ३ वटा २१०० बालुवा बाट ५६९७६ गरि ७४०७६ राजस्व सकलन गरेको भने फागुन महिनामा ८ वटा मुद्दा दर्ता गरेकोमा २ वटा मुद्दा फैसला भएको प्रहरीले जनाएको छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?