प्रधानमन्त्री ओलीद्वारा पाल्पाको प्रशासकीय भवन भर्चुअल उद्घाटन: विकासविरोधीलाई कडा जवाफ

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको तिनाउ गाउँपालिकाको देभानस्थित प्रशासकीय भवनको आज भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन्। कार्यक्रममा सहभागी हुन व्यक्तिगत रूपमा उपस्थित हुने इच्छा व्यक्त गरे पनि स्वास्थ्यस्थितिका कारण त्यसो गर्न नसकेको उनले स्पष्ट पारे।

Workplace

नयाँ भवनबाट जनतालाई थप सेवा पुर्‍याउन र विकास निर्माणका कामलाई तीव्रता दिन निर्देशन दिँदै प्रधानमन्त्री ओलीले पाल्पालाई उर्वर भूमि र साक्षर जिल्ला भएकोले यस क्षेत्रको विकासलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

- Advertisement -Workplace

उनले केही मानिसहरूले विकासविरोधी कुरा गर्दै जनतालाई भ्रममा पार्ने प्रयास गरिरहे पनि यस्ता हल्लाको कुनै अर्थ नहुने बताए। सरकारको स्थायित्वबारे आएका अफवाहलाई खण्डन गर्दै प्रधानमन्त्री ओलीले एमाले–कांग्रेस गठबन्धनको सरकार २०८४ सालको निर्वाचनसम्म सुदृढ रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

प्रधानमन्त्रीको आग्रह अनुसार प्रशासकीय भवनले स्थानीय विकास र जनसेवामा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरिएको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?