अनिल नेपाली
अर्घाखाँची – अर्घाखाँची नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सन्धिखर्क नगरपालिकाकाे तेस्रो अधिवेशन बाट अध्यक्षमा पुन माओवादी केन्द्रका नेता कृष्णहरि भुसालकाे अध्यक्षतामा ४३ सदस्य सन्धिखर्क नगर समिति सर्वसम्मत रूपमा चयन गरिएको छ जसकाे उपाध्यक्षमा सीता श्रीपाली उपाध्यक्ष नाम बहादुर रायमाझी (काजिमान)उपाध्यक्ष बेदुराम भुसाल सचिवमा मोहन सिंह ठकुरी सहसचिवमा सरोज पौडेल कृष्णादेवि बस्नेत कोषाध्यक्ष निर्वाचित हुनुभएको निर्वाचन मण्डलका सयाेजक दाेण प्रसाद भुसालले बताउनुभएको छ ।

निर्वाचित अध्यक्ष तथा पदाधिकारी लगायत सदस्य लाई निर्वाचन मण्डलका सयाेजक भुसालले सपथ गराउनु भएको थियोे । नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारी लाई केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज ठाकुर कुमार बिक केन्द्रीय सदस्य तथा पुर्व राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का उज्ज्वल , केन्द्रीय सदस्य छमकुमारी खनाल चिनारी लगायतले शुभकामना दिदै पार्टीकाे जिम्मेवारी लाई गहनतापुर्वक लागू गदै नगरभित्रका भ्रष्टाचार सुशासन लगायतको विराेध गदै पार्टीकाे सगठनमा लाग्न आग्रह समेत गनुभएकाे थियोे ।
अधिवेशनकाे केही दिन पहिला माओवादी केन्द्र केन्द्रीय उपाध्यक्ष तथा पुर्व मन्त्री पम्फा भुसालले उद्घाटन गनु भएको थियोे अधिवेशनमा शपथ ग्रहण गदै अध्यक्ष कृष्णहरि भुसालले आफुले पाएको जिम्मेवारी जनताको जिम्मेवारी सम्झिई जनताका बिकास निर्माण सुशासन र सगठन बिस्तारमा लागि नगरमा बलियो सगठन निर्माण गर्ने बताएका थिए
