काठमाडौ – नेपाली बजारमा बिहिबार सुनको भाउ ३०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला छापावाल सुन १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार सुन तोलामा १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर १ हजार ९८५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको भाउ तोलाको १ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो
