icon
निर्वाचन
२६ माघ २०८२, सोमबार
icon
निर्वाचन

आज मिति २०८१ फागुन १८गते आईतवार आजको राशीफल

 

Workplace

मेष : बोल्नु अगाडि तीन पटक सोच्नुपर्ने समय छ। खर्च बढ्नेछ। संकटमा परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

वृष : सञ्चित धन अनुत्पादक क्षेत्रमा खर्च हुनेछ। धार्मिक क्षेत्रको यात्रा तय हुने दिन छ। बोली र व्यवहारमा एकरुपता नहुँदा समस्या पर्नेछ। शिक्षामा ढिलासुस्ती हुनेछ।

मिथुन :साना कुराले मन अशान्त बन्नेछ। धार्मिक क्षेत्रको यात्रा तय हुनेछ। विज्ञसँगको भेटले मनमा ऊर्जा मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट :शनिको प्रभावले साथी टाढा हुनेछ। स्वास्थ्यमा सुधार हुनाले मनमा उत्साह बढ्नेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ। राजनीतिक क्षेत्रबाट फाइदा हुनेछ।

सिंह :रोगसँग लड्ने क्षमता बढाउन खानपानमा विशेष ख्याल गर्नुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

कन्या :व्यापारमा भन्दा शिक्षामा गरेको प्रयास सफल बन्नेछ। खानपानमा समस्या हुनसक्छ। परिवारले निगरानी गर्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। प्रेममा खटपटी बढ्नेछ।

तुला :शिक्षा क्षेत्रको लगानीबाट उत्साह मिल्नेछ। विपक्षीले तपाईंको प्रशंसा गर्नेछन्। परिवारको तर्फबाट सुझाव प्राप्त हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मनमा उत्साह मिल्नेछ।

वृश्चिक :स्वास्थ्यमा समस्या हुने भएकाले औषधीलाई नियमित गर्नुपर्ने दिन छ। निजी क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। गोप्य योजना सार्वजनिक नगर्नु राम्रो हुनछ।

धनु :साथीसँगको सहकार्यमा लगानी गर्नु उचित हुनेछ। विपक्षी तपाईं भन्दा बौद्धिक भएकाले थोरै बोलेर अगाडि बढ्नु पर्ने समय छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। दाम्पत्य जीवन सुखयम बित्नेछ।

मकर :आज गुम्न लागेको सम्पत्ति प्राप्त हुनेछ। दाजुभाइसँगको सहकार्यले मनमा उत्साह बढ्नेछ। शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ। परिवारसँग रमाइलो गरेर दिन बित्नेछ।

कुम्भ :गुम्न लागेको धन प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा मिहिनेतको खाँचो छ। बिहान उठेर धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

मीन :आजको दिन परिवारले दिएको सुझाव अनुसार अगाडि बढेमा फाइदा हुनेछ। व्यापारमा नाफा कमाउने योग छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?