icon
निर्वाचन
२८ मंसिर २०८२, आइतबार
icon
निर्वाचन

सैनामैनामा १६२ भुमिहीनलाई लालपुर्जा वितरण, जनताको सपना साकार

रुपन्देही । सैनामैना नगरपालिका–१ का १६२ जना अव्यवस्थित बसोबासीले अन्ततः आफ्नो जग्गाको कानुनी धितो (लालपुर्जा) प्राप्त गरेका छन्। नगरपालिकाको सक्रिय पहलमा आयोजित विशेष कार्यक्रममा लालपुर्जा वितरण गर्दै स्थायी बसोबासको वर्षौंको सपना पूरा गरिएको हो।

Workplace

पुस्तौँदेखि आफ्नो भूमि नपाएका नागरिकहरूका आँखामा आज आशाको आँशु देखिन्थ्यो। लालपुर्जा हातमा पाएका बासिन्दाले राज्यप्रति कृतज्ञता व्यक्त गर्दै यो क्षणलाई “जीवनकै ऐतिहासिक दिन” भनेका छन्।

कार्यक्रममा लालपुर्जा वितरण गर्दै मेयरले भने, “म सुकुम्बासी बनेर तपाईंहरूलाई मालिक बनाएको छु। यो हाम्रो सामूहिक विजय हो, जसले सामाजिक न्यायको नयाँ अध्याय सुरु गरेको छ।”

तर, यस उपलब्धिको बीचमा एउटा दुखद पक्ष पनि जोडिएको छ। हालै नगरप्रमुख, उपप्रमुखलगायत सम्मानित व्यक्तिहरूको निजी सम्पत्तिमाथि ‘Gen Z’ आन्दोलनका नाममा गरिएको तोडफोड, लुटपाट र आगजनी घटनाले सम्पूर्ण नेतृत्व कर्तालाइ दुखित बनाए पनि जन्ता प्रती ईमानदार देखिएका छ्न ।

स्थानीयवासीले जनताको हितमा लागिरहेका इमानदार नेतृत्वमाथि गरिएको यस्तो नियोजित आक्रमणको कडा शब्दमा निन्दा गरेका छन्। उनीहरूको भनाइमा, यस्तो कार्य केवल कानुनी अपराध मात्र होइन, मानवीय मूल्य र सहअस्तित्वमाथिको गम्भीर आघात हो। जेनजिको नाममा स्वार्थ लुट्ने हरुले तस्तो घटना घटाएको बताउछन् ।

एकातिर राज्य र जनताबीचको विश्वास बलियो बनाउने पहल भइरहेका बेला अर्कातिर समाजलाई द्वन्द्वमा होम्याउने यस्ता हिंसात्मक गतिविधि अत्यन्तै निन्दनीय छन्। स्थानीयहरूले अपेक्षा गरेका छन् — समयले दोषीहरूलाई अवश्य यथोचित न्याय दिलाउनेछ।

कार्यकरमा मेयर उपमेयर स्थानीय बासिन्दा पत्रकार लगायतको उपस्थित रहेको थियो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?