देशभर मौसमको सामान्य प्रभाव, तराईमा हुस्सु लाग्ने सम्भावना

 

Workplace

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रहे पनि अन्य अधिकांश स्थानमा मौसम सफा रहेको छ। तराईका केही स्थानमा बिहानैदेखि हुस्सु लागेकाले जनजीवन प्रभावित हुन सक्ने सम्भावना छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य ठाउँमा मौसम सामान्यत: सफा रहनेछ। रातिको समयमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली हुने अनुमान गरिएको छ, जबकि बाँकी भूभागमा मौसम खुला रहनेछ।

शनिबार बिहान तराईका विभिन्न स्थानमा बाक्लो हुस्सु लाग्ने सम्भावना रहेकाले सडक तथा हवाई यातायात, स्वास्थ्य र जनजीवनमा असर पर्न सक्ने महाशाखाले जनाएको छ। सम्बन्धित निकाय तथा सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरिएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?