
काठमाडौँ, २४ माघ – जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ। यसका कारण देशका केही भागमा मौसममा आंशिक परिवर्तन देखिएको छ भने अन्य भागमा मौसम सफा रहेको छ।
महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदलीको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको छ।
त्यस्तै, तराईका केही स्थानमा विहान तथा रातिको समयमा गहिरो हुस्सु लाग्ने सम्भावना रहेको छ। महाशाखाले शुक्रबार बिहान तराई क्षेत्रमा हुस्सुका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई उड्डयनमा प्रभाव पर्नसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ।
आजको मौसम पूर्वानुमान:
✅ बिहान: कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली, अन्यत्र मौसम सफा
✅ दिउँसो: कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
✅ राति: कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली, अन्यत्र मौसम सफा
✅ तराई: केही स्थानमा घना हुस्सु लाग्ने सम्भावना
महाशाखाले मौसम परिवर्तनका कारण हुने संभावित प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबै नागरिकलाई आग्रह गरेको छ।
