नाइजेरियामा पेट्रोल ट्यांकर विस्फोट, मृत्यु हुनेको संख्या ८६ पुग्यो

काठमाडौँ — नाइजेरियामा पेट्रोल ट्यांकर विस्फोटनमा परी मृत्यु हुनेको संख्या ८६ पुगेको छ। साठी हजार लिटर पेट्रोल बोकेको ट्यांकर शनिबार देशको मध्य भागमा सडकमा पल्टिएपछि विस्फोट भएको अधिकारीहरूले बताएका छन्।

Workplace

नाइजर राज्यको आपतकालीन व्यवस्थापन एजेन्सीका प्रवक्ता इब्राहिम औदु हुसेनीले जानकारी दिँदै भने, “ट्यांकर विस्फोटबाट मृत्यु हुनेको अन्तिम संख्या ८६ पुगेको छ।”

उहाँले थपे, “हामीले हिजो दिउँसो १२ बजेदेखि आज दिउँसो २ बजेसम्म ८६ जलेका शवलाई सामूहिक चिहानमा गाड्यौं। शव गाड्न १४ घण्टा लागेको थियो, किनभने श्रमिकहरू पाउन नसक्दा स्थानीयहरूलाई म्यानुअल रूपमा चिहान खन्न बोलाउनुपर्‍यो।”

यो विस्फोट सङ्घीय राजधानी कादुनासँग जोड्ने मुख्य सडकको डिक्को जंक्शनमा भएको हो। घटनामा अन्य ५२ जना गम्भीर घाइते भएका छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?