icon
निर्वाचन
२८ मंसिर २०८२, आइतबार
icon
निर्वाचन

आज मिति २०८२ असार ६ गते शुक्रबार आजको राशीफल

 

Workplace

मेष : दिन राम्रो छ। तपाईंको बोलीको प्रभावले राम्रो काम बन्ने छ। व्यापारमा गरेको लगानीबाट फाइदा हुने दिन छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ।

वृष : दिन राम्रो छ। परिवारको साथमा रमाइलो गर्ने अवसर प्राप्त हुनेछ। गुम्न लागेको धन प्राप्त हुने दिन छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने जोखिम छ।

मिथुन : दिन राम्रो छ। नयाँ साथीसँगको भेटले दिन रमाइलो बन्ने छ। मन उत्साहित बन्ने छ। व्यापारमा लगानी भए फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ। उद्योगबाट नाफा होला।

कर्कट : शिक्षाको लगानीबाट फाइदा हुनेछ। निजी क्षेत्रको शिक्षामा प्रवेश गर्नु उचित हुन्छ। राजनीतिक क्षेत्रमा भने विरोधी सक्रिय भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

सिंह : दिन सामान्य छ। सानो कुराले मनमा चिन्ता थपिने छ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। शनिको प्रभावबाट मुक्त हुन धार्मिक कार्यमा सहभागी हुनु उचित हुन्छ।

कन्या : दिन राम्रो छ। परिवारबाट राम्रो कामको जिम्मेवारी प्राप्त हुनेछ। पैतृक सम्पत्तिबाट ठुलो फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा भने सचेत भएर अगाडि बढ्नुपर्ने समय छ।

तुला : शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। साथीको साथ मिल्नेछ। राजनीतिमा प्रगति हुनेछ। स्वास्थ्यमा भने विशेष ख्याल गर्नुपर्ने दिन छ। रोगबाट बच्न खानपानमा विशेष ध्यान दिनु उचित हुन्छ।

वृश्चिक : दिन राम्रो छ। लगानीको क्षेत्रमा फाइदा हुनेछ। साथीभाइले तपाईंको प्रशंसा गर्नेछन्। राजनीतिक क्षेत्रमा तपाईंबाट फाइदा उठाउने व्यक्तिसँग सचेत बन्नुपर्ने देखिन्छ। धार्मिक यात्रा रमाइलो बन्ने छ।

धनु : मन अशान्त बन्ने जोखिम छ। स्वास्थ्यले साथ दिए पनि राजनीतिक क्षेत्रमा घेराबन्दी हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्नु उचित हुन्छ। शिक्षाको लगानीबाट नाफा हुनेछ।

मकर : दिन राम्रो छ। सम्पत्ति खर्च भए पनि इज्जत बढ्नेछ। पुरानो रोगको व्यवस्थापन गर्न नसक्ने जोखिम हुन्छ। राजनीतिक क्षेत्रमा भने नाम र दाम दुवै आर्जन हुने योग छ।

कुम्भ : आफ्नै बोलीले व्यवहार अप्ठेरोमा पर्ने जोखिम छ। थोरै बोलेर अगाडि बढ्नु राम्रो हुन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित देखिन्छ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ।

मीन : तपाईंको बोलीको प्रभावले राम्रो काम बन्ने छ। बोलीमा नम्रता आवश्यक देखिन्छ। साथीभाइले विरोध गरेको सुन्नुपर्ने हुनसक्छ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?