
कपिलवस्तु, – कपिलवस्तुको वाणगंगा नगरपालिका ११ स्थित भित्री सडकखण्डमा गए राति करिब साढे १० बजेतिर नेपाली र भारतीय नम्बरका दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुःखद परिणाम आएको छ। यस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
मृत्यु हुनेमा यूपी ५५ ए एच ७०९० नम्बरको मोटरसाइकल चालक ३५ वर्षीय नेहामन अली र लु १० प ४४९६ नम्बरको मोटरसाइकल चालक २७ वर्षीय रोमन थारु रहेका छन्। उनीहरूको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी मोहनमणि अधिकारीले जानकारी दिएका छन्।
उक्त दुर्घटनामा घाइते भएका २६ वर्षीय अजय थारुको उपचार अस्पतालमा जारी रहेको छ।
