नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

काठमाडौ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

Workplace

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । मंगलबार अमेरिकी डलरको भाउ ७४ पैसाले बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डललको खरिददर १३९ रूपैयाँ ४४ पैसा र बिक्रीदर १४० रूपैयाँ ०४ पैसा कायम गरिएको छ ।

यसअघि सोमबारबार एक ओमरिकी डललको खरिददर १३८ रूपैयाँ ७० पैसा र बिक्रीदर १३९ रूपैयाँ ३० पैसामा कारोबार भएको थिायो ।

मंगलबार यूरोपियन युरो एकको खरिदमूल्य १५१ रूपैयाँ ३१ पैसा र बिक्रीमूल्य १५१ रूपैयाँ ९६ पैसा तोकिएको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा एक रुपैपाँले ०५ पैसाले बढेको हो । यसअघि सोमबार एक युरो खरिदमूल्य १५० रूपैयाँ २६ पैसा र बिक्रीमूल्य १५० रूपैयाँ ९१ पैसामा कारोबार भएको थियो ।

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १८० रूपैयाँ २२ पैसा र बिक्रीदर १८० रूपैयाँ ९९ कायम गरिएको छ ।

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८८ रूपैयाँ २० पैसा र बिक्रीदर ८८ रूपैयाँ ५८ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९६ रूपैयाँ ९८ पैसा र बिक्रीमा ९७ रूपैयाँ ४० पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ ४८ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ५२ पैसा रहेको छ ।

चाइनिज युआन एकको खरिददर १९ रूपैयाँ २१ पैसा तथा बिक्री दर १९ रूपैयाँ २९ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ५८ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६२ पैसा कायम गरेको जनाइएको छ ।

यसैगरी, मंगलबार कतारी रियाल एकको खरिदमूल्य ३८ रूपैयाँ २६ पैसा र बिक्रीमूल्य ३८ रूपैयाँ ४२ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ १७ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ ३३ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ९७ पैसा र बिक्रीदर ३८ रूपैयाँ १३ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर मंगलबार ३१ रूपैयाँ ५२ पैसा र बिक्रीदर ३१ रूपैयाँ ६६ पैसा कायम गरेको छ ।

साथै, कुवेती दिनार एकको खरिददर ४५२ रूपैयाँ ६५ पैसा र बिक्रीदर ४५४ रूपैयाँ ६० पैसा र बहराइन दिनार एकको खरिददर ३६९ रूपैयाँ ८७ पैसा र बिक्रीदर ३७१ रूपैयाँ ४६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?