देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, वर्षा र हिमपातको सम्भावना

 

Workplace

काठमाडौं। हाल देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। यसका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा अधिकांश बदली रहनेछ, जबकि बाँकी प्रदेशहरूमा पनि सामान्य बदलीको अवस्था रहनेछ। जल तथा मौसम विज्ञान महाशाखाका अनुसार, सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार, आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा अधिकांश बदली रहनेछ भने बाँकी भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा पनि मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुनसक्छ। यसैगरी, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा साधारणतयादेखि अधिकांश बदली रहनेछ भने बाँकी प्रदेशका केही स्थानहरूमा आंशिक बदलीको अवस्था रहनेछ। महाशाखाले सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको र यसले दैनिक जनजीवन, स्वास्थ्य, कृषि, सडक तथा हवाईउड्डयनमा प्रभाव पार्न सक्ने जनाउँदै ती सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?