काठमाडौ – सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ ।

शुक्रवार सुनको भाउ तोलाको एक लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज बढेर एक लाख ७० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको भाउ भने आज घटेको छ ।
चाँदीको भाउ २० रुपैयाँले घटेर तोलाको एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।
अस्ति चाँदीको भाउ तोलाको एक हजार नौ सय ९० रुपैयाँ रहेको थियो ।
