आज मिति २०८१ फागुन 1 गते बिहीबार आजको राशीफल

 

Workplace

मेष : सामूहिक कार्य गरेको भए सफलता मिल्नेछ। टाढा पुगेका साथी आज तपाईंको कुरा सुनेर सहकार्य गर्न आइपुग्ने योग छ। तपाईंको घरमा पाहुँना आइपुग्दा मन शान्त बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

- Advertisement -Workplace

वृष : दैनिक काममा अवरोध हुनेछ। मन अशान्त बन्नसक्ने जोखिम छ। दाम्पत्य जीवन सुखमय बित्ने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। शिक्षाको क्षेत्रमा भने मिहिनेत गर्नुपर्नेछ।

मिथुन : व्यापारमा ठुलो लगानी नगर्नु उचित हुनेछ। बोलीका कारण साथीहरु रुष्ट भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। गुरुसँगको सल्लाह अनुसार अगाडि बढेमा दिन सहज बन्नेछ।

कर्कट : व्यापारमा तपाईंले गरेको मिहिनेतको फाइदा अरुले लिनेछन्। आत्मविश्वासको कमी हुँदा महत्त्वपूर्ण काम नबन्ने जोखिम छ। डुब्न लागेको सम्पत्ति भने फिर्ता हुने योग छ।

सिंह : मनमा खुशी मिल्नेछ। उद्योग र व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। वैदेशिक रोजगारीको क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ। अध्ययनमा मिहिनेत गरेको भए राम्रो नतिजा प्राप्त हुनेछ।

कन्या : नयाँ कार्यको थालनी गर्न लागेको भए विज्ञसँग सल्लाह लिनु उचित हुनेछ। लामो समयदेखि रोकिएका योजना संशोधन गरेर अगाडि बढ्नुपर्ने समय आएको छ। विपक्षी साथी सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ।

तुला : साहित्य र कलाको क्षेत्रमा रुचि बढ्नेछ। व्यापारमा लाभ हुने योग छ। दाम्पत्य जीवनमा खटपटी आउने जोखिम छ। शिक्षाको क्षेत्रमा लगानी गरे फाइदा हुने योग छ।

वृश्चिक : कार्य क्षेत्रमा बौद्धिक क्षमताको प्रशंसा हुनेछ। सानो प्रयासले सोचेको काम बन्नेछ। खानपानमा ख्याल नगर्दा रोग बढ्ने भएकाले विशेष ख्याल गर्नुपर्ने समय छ। औषधीमा नियमित गर्नुपर्ने देखिन्छ।

धनु : श्रमको मूल्य प्राप्त गर्न संघर्ष गर्नुपर्ने समय छ। आध्यात्मिक अभियान्तासँगको भेटले मनमा हौसला बढ्नेछ। दैनिक काम गर्दा थोरै बोल्नु उचित हुन्छ। व्यवहार गर्दा मिहिनेतको खाँचो देखिन्छ।

मकर : आज साथीभाइसँग सहकार्य हुनेछ। आफन्तबाट सुझाव लिएर गरेको काम सफल बन्नेछ। स्वास्थ्यको क्षेत्रमा भने विशेष ध्यान दिनुपर्नेछ। धार्मिक कार्यमा मन जानेछ। भ्रमण गर्दै हुनुहुन्छ भने रमाइलोसँग दिन बित्नेछ।

कुम्भ : साहसिक काम गर्ने समय आएको छ। लगानीको क्षेत्रमा हिम्मत गर्नुपर्नेछ। व्यापारमा फाइदा हुनेछ। सामाजिक क्षेत्रमा राम्रो प्रभाव रहेको छ। मध्य साढेसाती दशा भए पनि शुभग्रहको बहुमत भएकाले सोचेको काम बन्नेछ।

मीन : आफन्त र सन्तानको प्रगति देखेर मन खुशी बन्नेछ। आर्थिक र सामाजिक क्षेत्रमा राम्रो प्रभाव देखिनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुने दिन छ। मिहिनेतको फल प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?