गोकर्ण पाण्डे
गुल्मी। गुल्मीमा आगो ताप्ने क्रममा जलेर ८० वर्षीय वृद्धको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका – ७ वाग्ला निवासी इन्द्रलाल गिरीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्ष चिरञ्जीवी दाहालका अनुसार गिरी सोमबार राती साढे ९ बजे आफ्नै घरमा आगो ताप्ने क्रममा आगोले जलेका थिए ।

आगोले जली दाजुको मृत्यु भएको खबर भाई टेकराज गिरीले प्रहरीलाई खबर गराएका थिए ।घटनाको खबर प्राप्त भएलगत्तै प्रहरी सहायक निरीक्षक तिलक नेपालीको कमाण्डमा ३ जनाको टोली घटनास्थल पुगेको थियो । मृतक गिरीको घर परिवारमा उनी र भाइ मात्र रहेको प्रहरीले जनाएको ।
