समानुपातिक समावेशी व्यवस्थालाई जोगाउन माओवादी पार्टीलाई सशक्त बनाउनुपर्छ:वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

अनिल नेपाली  पाल्पा – नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादीलाई कमजोर पारिए समानुपातिक समावेशी व्यवस्थामाथि खतरा उत्पन्न हुने चेतावनी दिएका छन्।

Workplace

उनले माओवादीको योगदानकै कारण देशमा समानुपातिक समावेशी व्यवस्था स्थापित भएको भन्दै यसलाई जोगाउन पार्टीलाई सशक्त बनाउनुपर्ने बताएका छन्। नेकपा माओवादी तानसेन नगर समितिको तेस्रो अधिवेशन उद्घाटन गर्दै नेता श्रेष्ठले भने, “माओवादीलाई कमजोर पारियो भने समानुपातिक समावेशी व्यवस्था खोसिन्छ। त्यसपछि तपाईंहरूको हालत के हुन्छरु” उनले महिला, दलित, जनजाति तथा पिछडिएको वर्गको अधिकार सुरक्षित गर्ने सवालमा माओवादीको महत्वपूर्ण भूमिका रहेको बताए।

- Advertisement -Workplace

श्रेष्ठले संघीयताको महत्व दर्शाउँदै अहिले स्थानीय तहलाई सशक्त बनाइएको उल्लेख गरे। उनले भने, “पहिले सांसद र मन्त्री समातेर सिंहदरबार धाउनुपर्ने बाध्यता थियो, तर अहिले वडामै ५०–७० लाखका योजना कार्यान्वयन हुने व्यवस्था छ।” माओवादीकै योगदानले स्थानीय तहलाई अधिकार सम्पन्न बनाएको र संघीयता कार्यान्वयन सम्भव भएको उनको भनाइ थियो। उनले सबैलाई माओवादीलाई शक्तिशाली बनाउन एकताबद्ध हुन आह्वान गरे।

माओवादी केन्द्रकी केन्द्रीय सदस्य सीता बौडेलले नेपालमा ठूलो जनसमुदाय कम्युनिष्ट आस्थामा रहेको उल्लेख गर्दै पाल्पाले लोकतान्त्रिक परिवर्तनमा ऐतिहासिक योगदान दिएको बताइन्। उनले भनिन्, “पाल्पाले राजतन्त्र र राणाशासनको अन्त्यदेखि बहुदल र गणतन्त्र स्थापनासम्म महत्वपूर्ण भूमिका खेलेको छ। यहाँका जनताले परिवर्तनका लागि बलिदान गरेका छन्।” बौडेलले गणतन्त्र स्थापनामा माओवादीले अग्रणी भूमिका खेलेको तर त्यसको जस कांग्रेस र एमालेले लिएको टिप्पणी गरिन्।

“गणतन्त्र ल्याउने माओवादी, सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्‍याउने माओवादी, तर जस लिने अरू नै १ यही कारणले माओवादी कार्यकर्तामा केही निराशा देखिएको हो,” उनले भनिन्। नेकपा ९माओवादी केन्द्र० का केन्द्रीय सदस्य पुरन केसी, अनिल किशोर घिमिरे र नेत प्रसाद पाण्डेयले माओवादीलाई वृहत् शक्तिशाली बनाउन सबै नेता तथा कार्यकर्ताले सक्रिय भूमिका खेल्नुपर्ने बताए। त्यसैगरी, नेकपा माओवादी केन्द्रका प्रदेश सचिवालय सचिव यक्ष पोखरेल र जिल्ला संयोजक राजेन्द्र विश्वकर्माले पछिल्लो समय माओवादीप्रति जनलहर बढेको दाबी गर्दै पार्टी पुनः सशक्त बन्दै गएको उल्लेख गरे। कार्यक्रममा अन्य पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नयाँ कार्यकर्ताहरूलाई वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अविर लगाएर स्वागत गरेका थिए।

कार्यक्रम नेकपा माओवादी केन्द्र नगर समिति अध्यक्ष प्रतिक्षा सिंजालीको अध्यक्षता र मथुरा ढकालको सञ्चालनमा सम्पन्न भएको थियो। अधिवेशनबाट प्रतिक्षा सिंजालीको अध्यक्षतामा तानसेन नगर समिति गठन गरिएको छ।
माओवादी केन्द्र तानसेनको अध्यक्षमा प्रतिक्षा सिंजाली
नेकपा (माओवादी केन्द्र) तानसेन नगर समितिको अध्यक्षमा प्रतिक्षा गाहा सिँजाली निर्वाचित भएकी छिन् । शनिबार तानसेनमा सम्पन्न तेस्रो अधिवेशनबाट सिंजालीको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो। नवगठित नगर समितिको उपाध्यक्षमा युवराज पन्त, अमर राना र मञ्जु बिकनिर्वाचित भएका छन् । यस्तै सचिवमा नवराज बस्याल सहसचिव, नेत्र गौतम र कोषाध्यक्ष बासुदेव अर्याल चयन भएका हुन् ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?