प्रदेशलाई स्थापित गर्न प्रदेशवासी कै भूमिका चाहिन्छ : सभामुख तुलाराम

अनिल नेपाली दाग्ङ – लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले संघीय शासकीय संरचनामा प्रदेशलाई सफल र संमृद्ध वनाउने भूमिका प्रदेशवासीको नै रहेको जनाउनु भएको छ ।

Workplace

लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा आज शुभकामना जारी गर्नुहुदै सभामुख घर्ती मगरले संघियतामा तीन तहको संरचना मध्ये प्रदेश संरचना संघीय शासन व्यवस्थाको महत्वूर्ण स्वायत्त संस्था भएको जनाउनु हुदै यसको सफल र संमृद्धिको लागी प्रदेशवासीको महत्वपूर्ण भूमिका हुने जनाउनु भएको हो ।
प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेशबासी सम्पुर्ण आमा बुवा, दाजु बहिनी, दाजु भाइ, माननीय सदस्य ज्यूहरु, संस्थापक प्रदेश सभा सदस्य ज्यूहरु, सम्पुर्ण जनसमुदाय, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, विभिन्न संघ–संस्थाका अगुवाहरु र नागरिक समाज सबैमा  शुभकामना व्यक्त गर्नु भएको हो । लुम्बिनी प्रदेशसभाको पहिलो बैठक बसेको माघ २१ लाई  प्रदेश स्थापना दिवस मनाउने निर्णय अनुसार यो दिवस मनाउँदै आएको छ ।

प्रदेश सभा र सरकारलाई जनमुखी, जिम्मेवार, प्रभावकारी र मर्यादित बनाई वास्तवमै संघीयताको अनुभूति हुने गरी काम गर्न  प्रयत्नशील रहेको जनाउनुहुदै उहांले  तर एक्लो प्रयासले सबै कुरा सम्भव हुन नसक्ने शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ ।

“संघीयता कार्यान्वयको सन्दर्भमा संघ, प्रदेश र स्थानीय तह बीच एक आपसमा समझदारी र सहकार्य जरुरी छ । साझा अधिकारको सम्वन्धमा अझै स्पष्टता र कानुन निर्माणमा संघीय सरकारले सहजीकरण गर्न आवश्यक देखिन्छ ।”

शुभकामना सन्देशमा उल्लेख छ ।
“नेपालको संविधान –२०७२ ले संघीय शासन प्रणालीमा  संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको शासकीय संरचना सुनिश्चितता गरेको छ । यो संघीय शासन प्रणालीमा नयां र नौलो संरचना हो । त्यसकारण प्रदेश संरचना संघीयताको मुल मर्मसंग औपचारिकता मात्र नभई वास्तविक मुलभूत तत्व हो ।” उहांले शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ–“ प्रदेश प्रति जनताको आशा र भरोसा बढाउंदै संघीयताको मुल मर्म र भावनालाई परिपुर्ति गर्न यो दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्ने छ ।”
भौतिक संरचनाका अभावका बीच स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी)मा सेवा प्रारम्भ गरेको र शुन्य संरचनाबाट शुरु भएको लुम्बिनी प्रदेश सभा र सरकारले तिव्र गतिका साथ काम थालेको जनाउनुहुदै उहांले लुम्बिनी प्रदेशलाई प्रदेशवासी सबैको दिल दिमागमा प्रदेशबाट सरल र सहज सेवा प्रवाहको पद्धतीलाई स्थापित गर्न सकेको खण्डमा मात्र यसले सार्थकता पाउने सन्देशमा उल्लेख गर्नु भएको छ ।
जनताले प्रदेशलाई नजिकबाट वुझ्ने देख्ने र अनुभूति गर्ने गरी नीति कार्यक्रम तय गरी कार्यान्वयन भएको र प्रदेश सभाले प्रदेश संचालनको लागि अत्यावश्यक कानुन निर्माण गरी सरकारद्धारा कार्यान्वयनमा आईरहेका सभामुख घर्ती मगरले शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ ।
“जनताको चाहना र आवश्यकता अनुसार प्रदेश सभाले कानुन निर्माण मात्र गरिरहेको छैन यसको प्रभावकारी कार्यान्वयनको अवस्थाको विषयमा अध्ययन गरी सरकारको काम कार्वाहीमा पारदर्शिताको लागि जोड दिदै आएको छ ।

” सभामुख घर्ती मगरले शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ –“ शुन्य संरचनाबाट शुरु भएको प्रदेश संरचनालाई यहांसम्म ल्याई पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने सम्वन्धीत सबैलाई प्रदेश स्थापना दिवसको अवसरमा म विशेष धन्यवाद सहित आभार व्यक्त गर्दछु ।”

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

कर्णालीको गौरव: लघु चलचित्र “ह्याप्पीनेस” उत्कृष्ट घोषित, नेपाल र भारतमा जित्यो अवार्ड

छुटाउनुभयो कि ?