तीन अर्बभन्दा बढी नेपालमा संगठित रूपमा क्रिप्टोकरेन्सी ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं – नेपालमा गैरकानुनी रूपमा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को कारोबार गर्दै आएका एक संगठित गिरोह पक्राउ परेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले विशेष सूचनाका आधारमा देशका विभिन्न स्थानबाट सात जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरूमा माइकल डंगौरा , (मास्टर एजेन्ट अनिल ) विश्वकर्मा, पियुष श्रेष्ठ, आश्विन चौलागाईं, सत्यम कुमार सहनी, रोशन कुमार, र मुन्ना कुमार रहेका छन्। उनीहरू काठमाडौं, कैलाली, दोलखा, रौतहट तथा भारतका विभिन्न स्थानमा बसोबास गर्दै आएको प्रहरीले जनाएको छ ।

Workplace

संगठित रूपमा परिचालित गिरोहले विभिन्न व्यक्तिहरूलाई झुक्याएर क्रिप्टोकरेन्सी कारोबारमा लगानी गराउन प्रेरित गर्ने, अनलाइन रोजगारीका आकर्षक प्रस्ताव राख्ने, तथा बैंक तथा डिजिटल वालेटहरूको पासवर्ड, OTP कोड आदि मागेर ठगी गर्ने गरेको पाइएको छ ।

वाट्सप , टेलिग्राम,  फेसबुक ,  जस्ता सामाजिक सञ्जालमा ठगीका विज्ञापनहरू सेयर गरेर मानिसहरूलाई प्रलोभनमा पार्ने र उनीहरूका बैंक तथा डिजिटल वालेट खाताहरू प्रयोग गरेर ठगी गर्ने गरिएको अनुसन्धानबाट खुलेको छ। ठगी गरिएको रकम विभिन्न बैंक तथा डिजिटल वालेटहरू हुँदै स्थानान्तरण गरेर अन्ततः क्रिप्टोकरेन्सी तथा गेम पोइन्टहरू खरिद गर्ने गरिएको पाइएको प्रहरी अनुसन्धानले बताएको छ ।

यस गिरोहले समानान्तर बैंकिङ सञ्चालन गरी नेपालभित्र तथा बाहिर रकम पठाउने कार्यमा समेत संलग्न रहेको पाइएको छ। विदेशमा रहेका नेपालीलाई गैर-बैंकिङ प्रणालीमार्फत सस्तो दरमा रकम पठाउने लोभ देखाएर उनीहरूको रकम समेत ठगी गर्ने गरिएको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा प्रहरीले निम्न सामग्री बरामद गरेको  छ सुपर कम्प्युटर CPU – २ थान विभिन्न ब्रान्डका मोबाइल – १३ थान विभिन्न बैंकका चेक – १९ थान  नगद रु. ५,५०,०००/- समेत सामग्री बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक डिजिटल फरेन्सिक अनुसन्धानका आधारमा गिरोहले हालसम्म तीन अर्बभन्दा बढीको ठगी गरेको पाइएको प्रहरी उपरीक्षक एंम सुचना अधिकारी सुधीर राज शाहीले नेपाल खोजखबर लाई  जानकारी दिएका हुन । पक्राउ    परेकाहरूविरुद्ध आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको समेत जानकारी दिएका छ्न ।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?