icon
निर्वाचन
२६ माघ २०८२, सोमबार
icon
निर्वाचन

आज मिति २०८२ वैशाख ६ गते शनिबार आजको राशीफल

 

Workplace

मेष : दिन राम्रो छ। सोचेको काम बन्नेछ। हरेक काममा सुधारका संकेत देखिने छन्। शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्यमा लाभ प्राप्त हुनेछ। राजनीतिमा सुधारका संकेत देखिने छन्। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

वृष : आज तपाईंका लागि दिन राम्रो छ। शुभ ग्रह भएकाले सोचेको काम बन्नेछ। आम्दानी बढ्नेछ। अवसरको सदुपयोग गर्नुपर्ने दिन छ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : तपाईंको दिन धेरै नै राम्रो छ। लगानीबाट उत्साह बढ्नेछ। आफन्तको साथ र सहयोग प्राप्त हुनेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। परिवारको साथ मिल्नेछ।

कर्कट : आज तपाईंका लागि संघर्ष गर्नुपर्ने दिन छ। झुटा आरोप लाग्ने जोखिम छ। विवादले सताउने हुनसक्छ। शिक्षामा मिहिनेत गरेको भए प्रगति हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

सिंह : दिन राम्रो छ। पुरानो साथीसँग रमाइलो भेट हुनेछ। परिवारको साथ मिल्नेछ। लगानीको क्षेत्रबाट फाइदा हुनेछ। विदेशको यात्रा सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ।

कन्या : आज धेरै नै झन्झटको सामना गर्नुपर्नेछ। घरभित्र तनाव हुनेछ। पुराना योजनाले गति लिनेछन्। साथीले सहयोग गर्नेछन्। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुन्छ। परिवारको सुझाव लिएर काम गर्नु राम्रो हुन्छ।

तुला : दैनिकी राम्रो छ। तपाईंको उत्कृष्ट कामको उचित मूल्यांकन हुनेछ। स्वास्थ्य र शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारको साथ प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दिन राम्रो छ। आज तपाईंलाई जिम्मेवारी थपिनेछन्। सञ्चित धनलाई सदुपयोग गर्नु राम्रो हुन्छ। ठुला काममा हात लगाउन हिम्मत गर्नु राम्रो हुनेछ। गुम्न लागेको सम्पत्ति प्राप्त हुने योग छ।

धनु : दिन राम्रो छ। बोलीको प्रभावले राम्रा काम बन्नेछन्। मनमा उत्साह रहनेछ। आफूले नसोचेका मानिसबाट साथ र सहयोग प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीले मनमा उत्साह थप्नेछ। ख्यानपानमा ख्याल नगर्दा रोग बढ्ने देखिन्छ।

मकर : दिन राम्रो छ। लामो समय रोकिएको काम बन्नेछ। साथीसँगको भेटले मन शान्त बन्नेछ। शिक्षामा प्रगति हुनेछ। परिवारमा मेलमिलाप हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : दिन सामान्य छ। राम्रो काम गरे पनि जस भने अरुले लिने छन्। झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। थोरै बोलेर काम धेरै गर्नुपर्ने दिन हो। अपरिचित मानिसबाट साथ र सहयोग प्राप्त हुनेछ। परिवारको सहयोग मिल्नेछ।

मीन : आज बढी नै झन्झट बढ्नेछ। आफ्नो मान र मर्यादामा आँच आउने जोखिम छ। काम गर्दा सचेत हुनु राम्रो हुन्छ। तपाईंको बोलीको अर्थ उल्टो लगाउने सक्रिय छन्। शिक्षा र स्वास्थ्यमा श्रमको फल प्राप्त हुनेछ परिवारको सुझाव लिएर अगाडि बढ्नु राम्रो हुन्छ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?