पश्चिम नवलपरासीमा प्रहरीले लागुऔषध कारोबारी पक्राउ गर्न चार राउण्ड गोली प्रहार

रबिन्द्र यादव / पश्चिम नवलपरासी

Workplace

१८ माघ –  पश्चिम नवलपरासीमा प्रहरीले लागुऔषध कारोबारी पक्राउ गर्न चार राउण्ड गोली प्रहार गरेको हो। गए राति ८ बजे जिल्लाको रामग्राम नगरपालिका–१२ पचगाँवा बस्ने राजेश लोनियाको घरबाट लागुऔषध (ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ) नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिएका छन् ।

- Advertisement -Workplace

लोनियाले बिक्री वितरणका लागि लागुऔषध घरमा राखेको गोप्य सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट प्रहरी नायब निरीक्षक सागर भट्टराईको कमाण्डमा पाँच जनाको टोली उनको घरमा पुगेर नियन्त्रणमा लिन खोज्दा झडप भएको थियो। प्रहरीले परिचय दिएर खानतलासी गर्दा लोनियाले प्रहरीमाथि आक्रमण गर्न खोजेका थिए । अवस्था तनावपूर्ण बनेको र उनी भाग्न खोज्दा प्रहरीले गोली प्रहार गर्दा लोनियाको बायाँ साप्रामा एक राउण्ड गोली लाग्दा उनी घाइते भएको बोहराले बताए । उनको अवस्था मध्यम तथा बोल्न सक्ने रहेको प्रहरीले जनाएको छ ।

उनको जिल्ला स्थित पृथ्वीचन्द्र अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । सो स्थानबाट ९३ पुरिया ब्राउनसुगर नियन्त्रणमा लिइएको सूचना अधिकारी बोहराले जानकारी दिए । लागुऔषध किनबेचमा संलग्न रहेको अर्का एक व्यक्ति भने फरार भएका छन् । जिल्लामा लागू औषधको कारोबार बढेको अवस्थामा कारोबारी लाई पक्राउ गर्न प्रहरीलाई गोली चलाउनु परेको छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?