icon
निर्वाचन
२८ मंसिर २०८२, आइतबार
icon
निर्वाचन

गुल्मीमा मोटरसाइकल दु`र्घटना, सब–इन्जिनियरको घ`टनास्थलमै मृ`त्यु

 

Workplace

बासुदेव पोखरेल

गुल्मी – गुल्मीको रेसुङ्गा नगरपालिका–६ सिमाघाट लप्सीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ।
मृ`त्यु हुनेमा दाङ, गढवा गाउँपालिका–३ गोबडिया घर भई हाल गुल्मीमा इन्द्र एम.के. जे.बी. निर्माण सेवामा सब–इन्जिनियरको रूपमा कार्यरत २७ वर्षीय निशान चौधरी रहेका छन्।
उनले चलाएको लु ९७ प ७४७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा बाटो छेउको नालिमा खस्दा चौधरीको घटनास्थलमै मृ`त्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
दुर्घटना गएराति १०:३० बजे तिर भएको र जानकारी प्राप्त भएपछि बिहान ७:२० बजे प्रहरी निरीक्षक भुपेन्द्र थापाको कमाण्डमा ९ जनाको टोली घटनास्थलमा खटिएको थियो।

दु`र्घटनास्थल गुल्मी सदरमुकाम तम्घासदेखि पश्चिमतर्फ करिब १० किलोमिटरको दूरीमा पर्छ। चौधरीको परिवारलाई घटना बारे जानकारी दिइएको प्रहरीले जनाएको छ।

प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?