प्रतापपुर गाउँपालिका सहित जिल्लाका १६ हजार भन्दा बढि किशोरीहरुलाई (एचपिभी) खोप लगाइदै ।

रबिन्द्र यादव – पश्चिम नवलपरासी जिल्लाका १६ हजार दुई सय ९३ जना छात्रा तथा किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ ।

Workplace

जनस्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले यही माघ २२ देखि २८ गतेसम्म देशभर सरकारले सुरु गर्न लागेको खोप अभियानअन्तर्गत पश्चिम नवलपरासीका १० देखि १४ वर्ष उमेर समूहका विद्यालय छात्रा तथा किशारीहरुको पहिचान गरी एचपिभी खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका कार्यालय प्रमुख गौरव ढकालले जानकारी दिए ।
जिल्लाका २ सय विद्यालयमा खोप केन्द्र संञ्चालन गरेर विद्यालय भित्रका १५ हजार ६६९ जना र विद्यालय नजाने ६ सय २४ गरी १६ हजार २ सय ९३ जन किशोरीलाई खोप लगाईने छ ।

प्रतापपुर गाउँपालिकाका विद्यालयहरुमा सञ्चालन हुने खोप कार्यक्रमको तयारी सम्बन्धि अभिमुखीकरण कार्यक्रममा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मन्तोष मुरावले खोप सञ्चालनको बारेमा जानकारी गराएका हुन। प्रतापपुर गाउँपालिकाका प्रमुख उमेशचन्द यादवको अध्यक्षयता संचालित एक दिने खोप सम्बन्धि अभिमुखी कार्यक्रममा उनले सम्बन्धि विद्यालयमै खोप केन्द्र रहनेगरि २२ माघ देखि २८ माघसम्म क्यान्सर विरुद्धको खोप लगाइने बताए।

पश्चिम नवलपरासीका तीन नगरपालिका सहित चार गाउँपालिकामा माघ २२ देखि २८ गतेसम्म खोप कार्यक्रम तयार गरिएको जन स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख ढकालले बताए । जिल्लामा सबैभन्दा बढी सुनवल नगरपालिका ३७ विद्यालय केन्द्रित कक्षा ६ देखि १० सम्मका ३३ सय १७ जना विद्यार्थी छात्रा तथा किशोरीलाई पाठेघर मुखको क्यान्सर विरुद्धको खोप लगाइने छ ।

त्यसैगरी माघ २२ देखि २८ गतेसम्म बर्दघाट नगरपालिका ४१ विद्यालय केन्द्रित खोप केन्द्रमा ३ हजार ३९ जना, रामग्राम नगरपालिका ४० विद्यालय केन्द्रीत खोप केन्द्रमा २ हजार ४ सय ६३,पाल्हिनन्दन गाउँपालिकाका २७ वटा विद्यालयका १८ सय ३० जना,सरावल गाउँपालिकामा रहेका १८ विद्यालय केन्द्रित खोप केन्द्रमा १४ सय ३ जना, प्रतापपुर गाउँपालिका ३० विद्यालयका २१ सय ९४ जना र सुस्ता गाउँपालिकाको २३ विद्यालय खोप केन्द्रमा १४ सय २३ जना किशोरीलाई २२ माघ देखि २८ माघसम्म पाठेघरको मुख क्यान्सर विरुद्धको ‘एचपिभी’ खोप लगाइने भएको छ ।

जन स्वास्थ्य कार्यालयले २ सय एक स्वास्थ्यकर्मी र ३ तीन ८ स्वमसेवक गरि खोप केन्द्रमार्फ सम्बन्धि पालिका स्वास्थ्यकर्मि, स्वास्थ्य स्वयंसेविका र विद्यालय नर्सहरुलाई खोप कर्ताको रूपमा खटाउने भएको छ । यो खोप अभियान अधिराज्य भरि दुई चरणमा संचालन गरिएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

कर्णालीको गौरव: लघु चलचित्र “ह्याप्पीनेस” उत्कृष्ट घोषित, नेपाल र भारतमा जित्यो अवार्ड

छुटाउनुभयो कि ?