त्रिभुवन विश्वविद्यालयका नक्कली प्रमाणपत्र सहित एक जाना व्यक्ति पक्राउ

काठमाडौं – त्रिभुवन विश्वविद्यालयबाट जारी भएको नक्कली स्नातक र स्नातकोत्तर प्रमाणपत्रहरू सहित काभ्रेपलाञ्चोक, धुलिखेल नगरपालिका-५ का ४८ वर्षीय विकास श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।

Workplace

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले प्राप्त गोप्य सूचनाको आधारमा अनुसन्धान गर्दा श्रेष्ठको साथमा भएको ‘ब्याचलर डिग्री इन बिजनेस स्टडिज’ र ‘मास्टर डिग्री इन बिजनेस स्टडिज’ को प्रमाणपत्र त्रिभुवन विश्वविद्यालयको अभिलेखसँग मेल नखाएको पुष्टि भएको प्रहरीले जनाएको छ।

- Advertisement -Workplace

त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय, परीक्षा प्रशासन महाशाखाले ती प्रमाणपत्र नक्कली भएको औपचारिक जानकारी दिएपछि प्रहरीले उनलाई धुलिखेलबाट नियन्त्रणमा लिएको जनाएको छ ।

श्रेष्ठलाई थप अनुसन्धान र कानुनी कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ। नक्कली शैक्षिक प्रमाणपत्रका घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य पनि जारी रहेको प्रहरीले नेपाल खोज खबरलाई  जानकारी दिएको छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?