
- नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ।
- सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले घटेर २ लाख ५७ हजार ६०० कायम भएको छ।
- चाँदीको मूल्यमा पनि प्रतितोला ४५ रुपैयाँको गिरावट आई ३ हजार ३३५ मा कारोबार भइरहेको छ।
काठमाडौ – नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।

आज एकैदिन सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले घटेको छ।
बुधबार प्रतितोला ३ हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी बिहिबार ३ हजार ३३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
