विराटनगरले जनकपुरलाई २ रनले हरायाे

समाचार सारांश
Auto Generated by AI
  • विराटनगर किङ्ग्सले जनकपुर बोल्ट्सलाई २ रनले हरायो।
  • विराटनगर ४ खेलमा ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा पुग्यो।
  • आजको दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स खेल्दैछन्।

काठमाडौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्ग्सले जनकपुर बोल्ट्समाथि २ रनको रोमाञ्चक जीत हासिल गरेको छ ।

Workplace

विराटनगरले दिएको १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनायो । जनकपुरका सैफ हसनले ७१, विशाल शुस्लिङले ४३, जेम्स नीशमले २७ रन बनाए । विराटनगरका आन्द्रे रसेलले ४, एन्जेलो म्याथ्युजले २ विकेट लिए ।

- Advertisement -Workplace

यसअघि कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनायो । विराटनगरका इमरान शेखले ५६, आन्द्रे रसेलले नटआउट ५२, लोकेश बमले ५० रन बनाए । जनकपुरका अभिषेक तिवारीले २, मोइन अलीले १ विकेट लिए ।

यो जीतसँगै विराटनगर ४ खेलमा ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । जनकपुर ४ खेलमा ४ अङ्कसहित नेट रन रेटका आधारमा तेस्रो स्थानमा छ ।

एनपीएलमा आजको दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स खेल्दैछन् । यो खेल बेलुकी ५ बजे शुरू हुनेछ ।

अहिलेसम्म दुई खेल खेलको लुम्बिनीले एकमा जीत र एकमा हार बेहोरेको छ । यस्तै पोखराले दुई खेलमै हार बेहोरेको छ ।

आठ वटा टोली सहभागी तेस्रो संस्करणको एनपीएल आउँदो मङ्सिर ५ गतेसम्म चल्नेछ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?