एनपिएल काठमान्डुलाई हराउँदै जनकपुरको पहिलो जित

समाचार सारांश
Auto Generated by AI
  • नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सले काठमाडौँलाई ८ विकेटले हराउँदै पहिलो जित दर्ता गरेको छ।
  • पहिले ब्याटिङ गरेको काठमाडौँ १ सय १५ रनमै समेटिएपछि जनकपुरले सहजै लक्ष्य पूरा गर्‍यो।
  • जनकपुरका राहुल यादवले चार विकेट लिए भने ब्याटिङमा मोइन अलीले अर्धशतकीय पारी खेले।

काठमाडौ -नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले पहिलो जित निकालेको छ।

Workplace

बिहीबार भएको दिनको पहिलो खेलमा जनकपुरले काठमान्डुलाई ८ विकेटले पराजित गर्दै पहिलो जित निकालेको हो। यसअघि जनकपुर कर्णालीसँग १९ रनले पराजित भएको थियो।

- Advertisement -Workplace

खेलमा काठमान्डुले टस हारेर पहिले ब्याटिङ गर्दै जनकपुरविरुद्ध १ सय १५ रन मात्र बनाउन सकेको थियो। जनकपुरका राहुल यादवले कसिलो बलिङसामु काठमान्डु खुलेर खेल्न असफल भएको थियो।

१ सय १६ रनको लक्ष्य पछ्याएको जनकपुरका लागि मोइन अलीले ५१ बलमा ५८ रनको अर्धशतकीय अविजित इनिङ्स खेले। त्यस्तै, उनलाई साइफ हसनले ४० रन बनाएर साथ दिएका थिए। यी दुईबीच तेस्रो विकेटका लागि ७९ रनको अविजित साझेदारी भएको थियो।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डु १९.३ ओभरमा १ सय १५ रनमा अलआउट भएको थियो। काठमान्डुका लागि भिम सार्कीले ३३ रन बनाउनु सर्वाधिक रह्यो। सार्कीबाहेक रसिद खानले १७ रन बनाउँदा स्मित पटेलले १३ रन बनाए। अन्य ब्याटरको प्रदर्शन भने गतिलो रहेन।

काठमान्डुलाई सस्तैमा समेट्ने क्रममा जनकपुरका राहुल यादवले महत्वपूर्ण ४ विकेट लिए। उनले ४ ओभर बलिङ गर्दै ३१ रन खर्चिएर उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले अघिल्लो खेलमा पनि कर्णाली याक्सविरुद्ध २ विकेट लिएका थिए।

जनकपुरका लागि साइफ हसनले २ विकेट लिँदा हर्मित सिंह, मोइन अली र ललित राजवंशीले १-१ विकेट लिए।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?